नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 627 · वि.सं. २०२८

नि.नं. 627 — उखडा जग्गा

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) उखडासम्बन्धी ऐन, ०२७ को दफा ८ को उपदफा (१) : कबुलियत र रसिदको अभावमा मात्र उखडामा कमाएको होइन भन्न नमिल्ने–सर्जमिनहरूको भनाईको मूल्यांकन गरी उखडामा कमाएको हो होइन भन्ने न्यायिक निर्णय दिएमा–कानूनसङ्गत हुने । प्रतिवादीले उखडासम्बन्धी ऐन, २०२१ लागू भइसकेपछि मात्र सो ०२१ साल देखिको पोत मालमा धरौट राखेको भन्ने प्रतिवादी लेखाई भएको वादीहरूको जग्गा उखडामा कमाएको कबुलियत र ०२१ साल अघिको पोत तिरेको रसिदसमेतको लिखत सबुद प्रतिवादीले पेश दाखिल गर्न नसकेको भन्ने वादीतर्फका अधिवक्ताको बहस जिकिर छ । जग्गा धनी र किसानका बीच उखडामा कमाएको हो या होइन भन्ने विवाद उत्पन्न भएकोमा नगदी पोतमा बोल कबुलअनुसार कमाउन दिए पाएको पनि उखडा हुनसक्ने र यस्तै स्थितिमा उखडासम्बन्धी ऐन, ०२७ को दफा ८ को उपदफा (१) मा सर्जमिन गराउन सक्ने कानूनी व्यवस्था भएको देखिन्छ र तदानुसार सर्जमिन पनि गरिराखेको समेत हुँदा कबुलियत रसिद पेश दाखेल गर्न नसकेको भन्ने कुराले मात्र उखडा ठहर्दैन भन्न मिल्दैन । बुझिएको सर्जमिनहरूकै भनाईलाई प्रमाणमा मूल्यांकन गरी उखडामा कमाएको हो होइन भन्ने कुराको न्यायिक निर्णय दिनु कानूनसङ्गत हुन आउँछ । (प्रकरण नं. १०) (२) सर्जमिनको भनाईमा सामान्य जान्ने थाहा पाउने कुरा खोलिएमा–उक्त सर्जमिन युक्तिसङ्गत देखिने । प्रतिवादी उखडामा जातेको हो भन्ने ती सर्जमिनहरूको भनाईमा यो सालदेखि कमाई आएको भन्ने कुरामा सबैको मुख नमिलेको र यति जग्गा यति मालपोत तिरी कमाई आएको भनी उल्लेख गर्न पनि नसकेकाले त्यस्ता सर्जमिनको भनाईलाई कसरी विश्वास मान्ने भन्ने तर्क उठ्न सक्छ । तर यस्तो तर्क उठाउनुभन्दा पहिले सर्जमिनका मानिसहरूलाई ती कुराहरू यकिन थाहा हुनसक्ने सम्भव छ छैन भन्नेतर्फ पनि ध्यान दिनु जरुरी हुन्छ । यस प्रसङ्गमा विचार गर्दा एकाको जग्गा अर्काले उखडामा कमाएकोमा सालबसाल खनजोत गरी खेत लगाएबाट सर्जमिनको मानिसलाई थाहा हुने सामान्य कुरा हो । उखडा कमाएको जग्गा नाप अंक र जग्गा धनीलाई बुझाउन पर्ने पोतको अंक परचक्रीलाई थाहा हुने कुरा होइन र सामान्य जान्न थाहा पाउने कुरा खुलाई सर्जमिनको लेखाई युक्तिसङ्गत नै हो भन्ने देखिन आउँछ । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.627
मुद्दाको विषयउखडा जग्गा
निर्णय वर्ष / मिति2028/04/18
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्वनाथ उपाध्यायको राय
उद्धरण सन्दर्भने.का.प. २०२८, नि.नं. 627
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्