नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 614 · वि.सं. २०२८

नि.नं. 614 — डाँका

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) पोल गर्नेले पोलाई बस्नेलाई झुठ्ठा दोष लगाई बयान गर्ने गरी आएको देखिएमा–अरू सर्जमिन प्रमाणबाट पनि पोलाई बस्नेले कसूर गरेको तथ्य प्रमाण नदेखिएमा–निज पोलाई बस्नेले कसूर अपराध गरेको नठहर्ने । पोल गर्ने खड्गबहादुरले वादी श्री ५ को सरकार प्रतिवादी निजै खड्गबहादुरसमेत भएको चोरी मुद्दामा पनि निज रिफेल भन्ने दलबहादुरलाई पोल गरेकोमा मुद्दा फैसला हुँदा झुठ्ठा पोल गरेको ठहरी रिफेल भन्ने दलबहादुरले सफाई पाई ०२४।१०।२९।३ मा धादिङ्ग जिल्ला अदालतबाट फैसला भएको र वादी सनमान खड्का प्रतिवादी निजै खड्गबहादुरसमेत भएको डाँका मुद्दामा पनि रिफेल भन्ने दलबहादुरलाई खड्गबहादुरले पोलेकोमा रिफेल भन्ने दलबहादुर नठहरी सफाई पाई ०२४।१०।१ गते धादिङ्ग जिल्ला अदालतबाट फैसला भएको देखिएकोले निज खड्गबहादुरले यो पुनरावेदक प्रतिवादी रिफेल भन्ने दलबहादुरलाई मुद्दामा फसाउँन झुठ्ठा दोष लगाई बयान गर्ने गरिआएको रहेछ भन्ने देखिएको र अरू सर्जमिन प्रमाणबाट पनि प्रतिवादी पुनरावेदन गरिआएको रहेछ भन्ने देखिएको र अरु सर्जमिन प्रमाणबाट पनि प्रतिवादी पुनरावेदक रिफेल भन्ने दलबहादुर लुंगेली मगरउपर कसूर गराउनको तथ्य प्रमाण देखिन नआई शंकासम्म गरेको देखिन्छ । शंका गर्दैमा कसूर अपराध गरेको ठर्हछ भनी निष्कर्षमा पुग्ने प्रमाण पुग्यो भन्न नमिल्ने हुँदा निज प्रतिवादी पुनरावेदक रिफेल भन्ने दलबहादुर लुंगेली मगरले डाँका चोरी गरेको ठहर्दैन । (प्रकरण नं. २५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.614
मुद्दाको विषयडाँका
निर्णय वर्ष / मिति2028/01/20
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०२८, नि.नं. 614
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्