नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 629 · वि.सं. २०२८
नि.नं. 629 — राजकाज
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) राजकाज (अपराध तथा सजाय) ऐन, २०१९ को दफा ६ (१) : कसैको वचन वा कार्यले (जस्तो झगडा वा नाराबाट) श्री ५ प्रति घृणा द्वेष उत्पन्न गरे गराएको नदेखिएमा–उक्त बचन वा कार्यले मौसुफप्रति घृणा वा द्वेष फैलाएको भन्न नहुने । अञ्चलाधीशज्यूले गर्नुभएको फैसलामा चित्तबुझेन भन्नेसमेतको एउटै पुनरावेदनपत्र केशवराज कोइराला, वोधप्रसाद उपाध्याय समेत ७ जनाले सर्वोच्च अदालतमा चढाएको रहेछ । पुनरावेदक बन्दीहरूलाई झिकाई रोहवरमा राखी पुनरावेदकतर्फबाट रहनुभएको विद्वान अधिवक्ता श्री गणेशराज शर्मा र विपक्षीतर्फको अतिरिक्त सरकारी विद्वान अधिवक्ता श्री भैरवप्रसाद लम्सालले गर्नुभएको बहससमेत सुनी निर्णयतर्फ हेर्दा धनुषा जिल्लाका प्रहरी अधिकृत तथा जवानहरूको प्रतिवेदन श्री ५ महाराजधिराजको ५१ औं शुभजन्मोत्सव मनाइरहेको सिलसिलामा जानकी मन्दिरको मुख्यद्वार अगाीड सभाको कार्यक्रम चलीरहेको बखत हुल जमात हात हातमा कालो झण्डासमेत लिई नाराहरू लगाई अशान्ति मच्चिए पनि कालो झण्डा लिई नारा लगाउने व्यक्तिहरूलाई हामीले पक्राउ गरेबाट शान्ति कायम हुनसकेको भन्ने र यसप्रकारको खलबली हुलदड्डा अशान्ति मच्चाई बाधा विरोध उत्पन्न गरेकोबाट श्री ५ महाराजधिराज सरकारप्रति अप्रत्यक्ष रुपले घृणा द्वेष फैलाउने प्रयाससमेत गरेको भन्ने बोली परेको रहेछ । अभियुक्तहरूको बयानमा नारा लगाएको कालो झण्डा रातो झण्डा प्लेकार्डहरू लिएर उभिएको नारा लगाएको प्रमाणित हुन्छ । जन्मोत्सवको उपलक्ष्यमा सभा भएको जनसमूहमा यी अभियुक्तहरूसमेत भेला भई झण्डा लिई नारा लगाएकोबाट राजकाज (अपराध तथा सजाय) ऐनको दफा ६ (१) ले भनेको कसूर हुने देखिदैन । त्यस्ता झण्डा वा नाराबाट घृणा द्वेष फैलाएको भन्नलाई त्यस्ता कार्यहरू कसैले गरे गराएको हुनुपर्दछ । यस्तो प्रदर्शनबाट अरु कसैले घृणा द्वेष गरेको देखिदैन । उस माथि यिनी अभियुक्तहरूले गरेको झण्डा प्रदर्शन नाराहरूमा श्री ५ प्रति हुन जाने वा हुनसक्ने घृणा द्वेषको वचन वा कार्य देखिदैन । त्यस्तो घृणा द्वेष गर्न गराउन नसक्नेमा अभियुक्तहरू उपर लगाएको आरोप प्रमाणित हुनसक्दैन । तसर्थ अभियुक्त वोधराजसमेतले अप्रत्यक्षरुपले श्री ५ महाराजधिराज सरकार प्रति घृणा द्वेष गरेको ठहर्छ भन्ने अञ्चलाधीशको फैसला बदर भई उक्त फैसलाले लाग्ने गरेको सजाय लाग्दैन । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 629 |
|---|---|
| मुद्दाको विषय | राजकाज |
| निर्णय वर्ष / मिति | 2028/01/03 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२८, नि.नं. 629 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
