नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 621 · वि.सं. २०२८
नि.नं. 621 — रसिद दिलाइपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) भूमिसम्बन्धी ऐन, २०१४ को दफा १८ को उप दफा (३): पोताएत शर्तमा खाएको जग्गाको पोत बुझ्न लगाई रसिद दिलाइपाउँ भन्ने मुद्दा माल र गोश्वाराको संयुक्त इजलासबाट हेर्न छिन्न नपाउने । यसमा तारेखमा रहेका वारेसहरू रोहवरमा रही ०२८।२।७।६ मा पेश भई निवेदक प्रतिवादीतर्फबाट विद्वान अधिवक्ता श्री लबदेव भट्टले गर्नुभएको बहससमेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेरेमा मैले पोताएत शर्तमा खाएको जग्गाको पोत बुझ्न लगाई रसिद दिलाइपाउँ भन्ने वादीको मुख्य दावी भएको यो मुद्दा दाङ देउखुरी गोश्वाराबाट कारवाई गरी गोश्वारा र माल समेतको संयुक्त इजलासबाट ०१८।३।११।१ मा छिनेको रहेछ, भूमिसम्बन्धी ऐन, २०१४ को दफा १८ को उपदफा ३ ले यस्तो मुद्दा माल गोश्वाराको संयुक्त इजलासबाट हेर्न छिन्न पाउने अधिकार क्षेत्रभित्र परेको नदेखिएकोले अनाधिकार हेरी छिनेको फैसला अ.बं.३५ नं.बमोजिम बदर गरी दिने गरेतर्फ ०२५।८।२७।५ को डिभिजन बेञ्चको मुनासिवै छ । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 621 |
|---|---|
| मुद्दाको विषय | रसिद दिलाइपाउँ |
| निर्णय वर्ष / मिति | 2028/02/11 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२८, नि.नं. 621 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
