नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 623 · वि.सं. २०२८
नि.नं. 623 — उत्प्रेषणको आदेश जारी गरीपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) एकपक्षले ऋण भने पनि अर्कोपक्षले राजिनामाको लिखत पेश गरेमा–भूमि प्रशासकलाई ऋण रकम निश्चित गर्ने अधिकार नहुने । उक्त भूमि प्रशासकको निर्णयमा जग्गा भोगबन्धकी दिएको हो, रजिष्ट्रेशन पास मैले गरी दिएको छैन, मसँग निस्सा प्रमाण केही छैन, निज साहुसँग उक्तबारेको कागजपत्र झिकाई उक्त जग्गा बारेको प्रमाण अड्डैबाट हेरी पाउँ भन्ने निवेदकको निवेदन तथा सनाखत बयान भन्नेसमेत लेखिएको देखिएबाट निवेदकले विपक्षीबाटै भोगबन्धकीको लिखत झिकाई ऋण निश्चित गरिपाउँ भन्ने दावी लिएकोमा घरायसी राजिनामा पेश भएको देखिएको भन्ने मिसिलमा पेश भएको कागजकोसम्म उल्लेख गरी राजिनामा हो होइन भन्ने कुनै ठहर गरेको नदेखिएकोले राजिनामाको लिखत विपक्षीबाट पेश भएकोले ऋण रकम निश्चित गर्न नमिल्ने भन्ने अभिप्राय प्रकट गरी खारेज गरेको देखिएकोले ऋण भन्ने एक पक्ष भई अर्कोपक्षबाट राजिनामाको लिखत पेश भएबाट यस्तामा ऋण रकम निश्चित गर्ने अधिकार पनि भूमि प्रशासकलाई नभएकोबाट भूमि प्रशासकले आफूलाई भएको अधिकार क्षेत्रभित्र रही निर्णय गरेको देखिएबाट प्रस्तुत रिट निवेदन खारेज हुने ठर्हछ । फायल नियमबमोजिम गरी बुझाइदिनु । (प्रकरण नं. ७) निवेदकतर्फ :
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 623 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरीपाउँ |
| निर्णय वर्ष / मिति | 2028/03/09 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२८, नि.नं. 623 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
