नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 609 · वि.सं. २०२८

नि.नं. 609 — साझेदारी जग्गाबाली

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) जग्गा ठेकामासम्म कवूल गरी पाउने ठेकेदारले आफू खुशी वीचमा अर्को मानिससँग साझेदारी खडा गरी हक छाडी दिन नहुने । प्रतिवादी डा.वसन्तबहादुरले कुन स्थितिमा सो जग्गा पाउनु भएको रहेछ भन्नेतर्फ हेर्दा मिसिल सामेल पेश भइराखेको निज डा.वसन्तबहादुरको ०१५।६।२९।४ को कवुलियत नक्कलसमेतबाट जनकपुर मेनेजरी तालुक श्री रामचन्द्र गुठीको जग्गा साल वसाल मनखप ठेक बुझाउने कवुल गरी ठेकामासम्म पाएको देखिन आउँछ । यस किसिम ठेक्का कबुल गर्ने ठेकदारको कवुलबमोजिम मनखप ठेक बुझाई खान पाउनेसम्म हक हुने हो, जग्गाको स्वामित्वको हकमा जनकपुर मेनेजरीकै कायमरहने कुरा प्रष्टैछ । यस्तो जग्गा ठेकमासम्म कबुल गरी पाउने, ठेकदारले आफू खुशी बीचमा अर्को मानिस साझेदार खडागरी हक छाडी दिन र त्यसरी पाउनेको हक कायम हुन नसक्नेसमेत हुनाले प्रतिवादीले गरी दिएको ०१५।७।१।६ को साझेदारीको शर्त लिखतबमोजिम ४ भागको १ भाग जग्गा छुट्टा्याइपाउँ भन्नेसमेत जग्गाको स्वामित्व नै आफ्नो कायम गर्ने किसिमको दावी लाग्न सक्ने प्रश्नै आउँदैन । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.609
मुद्दाको विषयसाझेदारी जग्गाबाली
निर्णय वर्ष / मिति2028/03/04
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२८, नि.नं. 609
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्