नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 628 · वि.सं. २०२८

नि.नं. 628 — उत्प्रेषणको आदेश जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) भू.सं.ऐनको दफा ४४ को उपदफा ३ र मुलुकी ऐन, अ.बं.को १९७ नं. : उपरोक्त उपदफा र नम्बरले पुनरावेदनको व्यवस्था गरेकोले कृषि ऋणसम्बन्धी निर्णयमा पुनरावेदनको म्याद दिन नपर्ने । गैरकृषि ऋण ठहराएकोमा पुनरावेदनको म्याद दिनुपर्ने दिएन भन्ने निवेदकको निवेदन जिकिरतर्फ कानूनी व्यवस्था के रहेछ भनी हेर्दा भू.स.ऐनको दफा ४४ को उपदफा ३ मा यस परिच्छेदको प्रयोजनको लागि कुनै ऋण कृषिसम्बन्धी ऋणको होइन भन्ने प्रश्न उठेमा तोकिएको अधिकारीले स्थानीय पञ्चायतको प्रतिनिधि राखी आवश्यक देखेमा सर्जमिनसमेत गरी त्यसको निर्णय गर्नेछ र त्यस्तो निर्णयमा कसैको चित्तनबुझेमा त्यस्तो निर्णय भएको मितिले ३५ दिनभित्र निजले तोकिएको अदालतमा अपील गर्नसक्नेछ भन्ने व्यवस्था भएकोले अधिकारीले गरेको निर्णयमा त्यसउपर पुनरावेदन गर्ने व्यवस्था भएकै देखिन्छ । फैसलामा पुनरावेदनको म्याद दिनुपर्नेमा दिएको छैन भन्ने कुराका हकमा सो कुरा फैसलामा उल्लेख नगरे पनि चित्तनबुझे पुनरावेदन गर्न भूमिसम्बन्धी ऐनको दफा ४४ को उपदफा (३) र मुलुकी ऐन अदालती बन्दोवस्तको १९७ नं.ले पाउने नै देखिदा त्यस सम्बन्धमा निवेदकको जिकिर तर्क सङ्गत देखिएन । (प्रकरण नं. ५) (२) भू.सं. (दोस्रो संशोधन) ऐन, २०२५ को संशोधित मुल ऐनको दफा ४५ को खण्ड (घ) : यो खण्डअनुसार ऋण निश्चित नगरी साल सालको आयस्ता साल सालै सावामा कट्टी गरी ऋण निश्चित गर्न नहुने–ऋण निश्चित गर्न निवेदन गरेमा–मोहियानी कायम गर्न नहुने । ०२५ साल कार्तिक ९ गतेको प्रकाशित राजपत्र भूमिसम्बन्धी ऐन, (दोस्रो संशोधन) २५ को दफा ४५ को खण्ड (घ) को सट्टा अर्कै खण्ड (घ) राखी त्यसमा थैलीको सयकडा १० भन्दा बढी आयस्ता पाउने गरी भोगबन्धकीमा भोग गरेको भए पाए जति सबै आयस्तालाई नगदीमा परिणत गरी सयकडा १० भन्दा बढी ठहरिन आएको रकम सावाँमा कट्टा भएको मानिनेछ भन्नेसमेत उल्लेख भएको प्रष्टछ । त्यस्तोमा उपरोक्त उल्लेख गरिएबमोजिम ऋण निश्चित गर्नुपर्नेमा सालसालको आयस्ता सालसालै सावाँमा कट्टी गरी ऋणनिश्चित गरिएको र ऋण निश्चितको निवेदन परेको निवेदन मोहियानी हककायम गरी भू.सु. अधिकारीले गरेको निर्णय ऐनकानूनले नहुँदा सो निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । (प्रकरण नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.628
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरी पाउँ
निर्णय वर्ष / मिति2028/03/32
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०२८, नि.नं. 628
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्