नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 616 · वि.सं. २०२८
नि.नं. 616 — राजकाज
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) निस्क्रिय फैसलाउपरको पुनरावेदनमा विचार गर्न नपर्ने । उपरोक्त अञ्चलाधीशको कार्यालयको ठहरको एकमात्र असर पुनरावेदकलाई सजाय तोकेको हो । संविधानअनुसार श्री ५ बाट माफी बक्सेको उक्त सजायको माफ पुनरावेदकले उपभोग गरी थुनाबाट निस्केकोमा अब त्यो सजाय लाग्ने भएन । त्यस्तो ठहर नहोस असर नपरोस भन्ने यो पुनरावेदन निरर्थक देखिएको छ । अञ्चलाधीश कार्यालयको त्यसरी निष्क्रिय भइसकेको फैसलालाई बदर गर्न यो पुनरावेदनको दरकार परेन, साथ साथै त्यस्तो पुनरावेदनमा पैरवी निमित्त पुनरावेदकलाई तारेखमा राख्नु पनि परेन । (प्रकरण नं. ३) तसर्थ निस्क्रिय फैसलाउपर परेको पुनरावेदनउपर विचार गर्न आवश्यक देखिन्न । आउने पेशीको तारेखमा उपस्थित हुनु पर्दैन भनी पुनरावेदक रामराजाप्रसाद सिंहलाई जनाउ दिई मिसिल नियमबमोजिम बुझाइदिनु । (प्रकरण नं. ४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 616 |
|---|---|
| मुद्दाको विषय | राजकाज |
| निर्णय वर्ष / मिति | 2028/06/01 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२८, नि.नं. 616 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
