नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 620 · वि.सं. २०२८

नि.नं. 620 — उत्प्रेषणको आदेश जारी गरीपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अस्पष्ट दफा, उपदफा, खण्ड वा वाक्यांशको बनौटको अध्ययन गरी ऐन बन्दा वा संशोधन हुँदा हटाउन खोजिएको खरावीलाई ध्यानमा राखी अर्थ निकाल्नुपर्ने । संशोधन ऐनमा थपिएको खण्ड (६) बारे विभागले भूमिसुधार अधिकारीलाई स्पष्टिकरण दिएको बुझिन्छ । विभागको दुष्टिकोण बुझ्नसम्म उक्त पत्रले मद्दत गर्दछ । तर ऐन बन्दा के–के छलफल भयो र विभागले के–के गर्‍यो भन्ने आधारमा कुनै ऐनको व्याख्या हुँदैन । व्याख्या गर्दा कानून व्याख्यासम्बन्धी सिद्धान्तहरूलाई नै अंगाल्नु पर्दछ । जुन दफा उपदफा खण्ड वा वाक्यांश अस्पष्ट छ त्यसै दफा उपदफा खण्ड वाक्यांशको बनौटको अध्ययन गरी ऐन बन्दा वा संशोधन हुँदा के खराबी हटाउन खोजियो त्यसलाई ध्यानमा राखी अर्थ निकाल्नु पर्दछ । (प्रकरण नं. ७) (२) भूमिसम्बन्धी (दोस्रो संशोधन) ऐन, २०२५ ले मूल ऐनको संशोधित दफा ४५ (घ) र थप खण्ड (६) : विधायिकाले नै खण्डको रूप दिएमा–उक्त खण्डको बीचमा यो प्रतिबन्धात्मक वाक्यांश भन्ने उल्लेख भए पनि प्रतिबन्धात्मक वाक्यांश भन्न नमिल्ने । भूमिसम्बन्धी ऐन, ०२१ को दफा ४५ (घ) मा प्रतिबन्धात्मक वाक्यांश भएकोमा पछि ०२५ साल कार्तिक ९ गते संशोधन हुँदा दफा ४५ (घ) को सट्टा केही शब्दहरू थपी नयाँ (घ) राखिएछ र प्रतिबन्धात्मक वाक्यांश हटाइएछ र खण्ड (६) थपिएछ, थपिएको खण्ड (६) मा पहिलेको खण्ड (घ) को प्रतिबन्धात्मक वाक्यांशको शब्दहरूमा केही अदलबदल गरी राखिएको देखिन्छ । थप्दा खण्ड (६) भन्ने र खण्डको रूप दिई थपिएको छ । तर खण्ड को शब्द समूहको बीचमा यो प्रतिबन्धात्मक वाक्यांश भन्ने लेखिएको छ । यो लेखिएकोले जुन ठाउँमा यो छ, त्यो हेर्दा खण्डको रूपमा राखिएको छ । त्यसलाई विधायिकाले नै खण्डको रूप दिंदादिदै यो त प्रतिबन्धात्मक वाक्यांश नै हो भनी भन्न मिल्दैन । (प्रकरण नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.620
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरीपाउँ
निर्णय वर्ष / मिति2028/01/20
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०२८, नि.नं. 620
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्