नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 615 · वि.सं. २०२८
नि.नं. 615 — उत्प्रेषणको आदेश जारी गरीपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) भोगबन्धकी (तमसुक) को ऋण निश्चित गर्न निवेदन गर्ने व्यक्तिको विपक्षीले राजिनामा लिखित प्रस्तुत गरेमा–भूमि प्रशासकलाई ऋण निश्चित गर्ने अधिकार नहुने । उक्त भूमिप्रशासकको निर्णयमा जग्गा भोगबन्धकी दिएको हो । रजिष्ट्रेशन पास मैले गरी दिएको छैन । मसँग निस्साप्रमाण केही छैन । निज साहुसँग उक्त बारेको कागजपत्र झिकाई उक्त जग्गाबारेको प्रमाण अड्डैबाट हेरिपाउँ भन्ने निवेदकको निवेदन तथा सनाखत बयान भन्नेसमेत लेखिएको देखिएबाट निवेदकले विपक्षीबाटै भोगबन्धकीको लिखत झिकाई ऋण निश्चित गरिपाउँ भन्ने दावी लिएकोमा घरायसी राजिनामा पेश भएको देखिएको भन्ने मिसिलमा पेश भएको कागजकोसम्म उल्लेख गरी राजिनामा हो होइन भन्ने कुनै ठहर गरेको नदेखिएकोले राजिनामाको लिखित विपक्षीबाट पेश भएकोले ऋण रकम निश्चित गर्न नमिल्ने भन्ने अभिप्राय प्रकट गरी खारेज गरेको देखिएकोले ऋण भन्ने एकपक्ष भई अर्कोपक्षबाट राजिनामाको लिखत पेश भएबाट यस्तोमा ऋण रकम निश्चित गर्ने अधिकार पनि भूमिप्रशासकलाई नभएकोबाट भूमिप्रशासकले आफूलाई भएको अधिकार क्षेत्रभित्र रही निर्णय गरेको देखिएबाट प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । (प्रकरण नं. ७) निवेदक तर्फंबाट :
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 615 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरीपाउँ |
| निर्णय वर्ष / मिति | 2028/03/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२८, नि.नं. 615 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
