सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल २१९ नजिर अभिलेखमध्ये पृष्ठ २ / १०

नि.नं. 9713वि.सं. २०७३संयुक्त इजलास

लेनदेन

विवादको पक्षले उठान नगरेको विषयमा प्रवेश गरी निर्णय गर्नु अगाडि न्याय निरूपण गर्ने निकायबाट गम्भीररूपमा विचार गर्नुपर्ने हुन्छ । वादीले सुरू फैसलाउपर चित्त नबुझाई पुनरावेदन गरेको अवस्थामा पुनरावेदन सुन्ने अदालतबाट पुनरावेदकले उठाएको प्रश्नहरूमा सम्बोधन नगरी प्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9712वि.सं. २०७३संयुक्त इजलास

ठगी

कुनै काम कुरालार्इ कानूनले सम्बोधन गरिसकेको अवस्थामा कानूनको प्रस्ट व्यवस्थाबेगर यस्तो व्यवहारलार्इ भिन्नै प्रयोजनको लागि बनेको कानूनभित्र जबरजस्ती पार्ने काम गर्नु कानूनको अनुचित प्रयोग हुन्छ । कानूनले कसुर भनी परिभाषित नगरेको काम कुरा गरेको विषयलाई लिएर कसै…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9711वि.सं. २०७३संयुक्त इजलास

उत्प्रेषण / प्रतिषेध

रिट निवेदकले निवेदन पत्रमा दाबी गरेका खोलाको बालुवा, ढुंगा एवं गिट्टीहरू प्राकृतिक स्रोत भएको भन्ने कुरामा विवाद छैन । यस्ता प्राकृतिक स्रोतको स्वामित्व राज्यमा रहने भए पनि प्राकृतिक स्रोतको उपयोग गर्दा वातावरणलाई प्रतिकूल प्रभाव नपर्ने गरी मात्र गर्न सकिन्छ ।…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9710वि.सं. २०७३पूर्ण इजलास

उत्प्रेषण / परमादेश

संवैधानिक पदाधिकारीको पदमा नियुक्त भएको व्यक्तिमा संविधानले तोकेबमोजिमको योग्यता छ वा छैन भनी न्यायिक निरूपणका लागि प्रस्तुत हुन आएको विवादको निरूपण न्यायपालिकाले नै गर्नुपर्ने । (प्रकरण नं. १४) वस्तुतः सीमित राजनीतिक उद्देश्यले संस्थापित सल्लाहकार प्रकृतिको स…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9709वि.सं. २०७३पूर्ण इजलास

जालसाजी

वादीहरूमध्ये सतिस बानिया नाबालक रहेको कुरामा विवाद छैन । निजलाई जन्मनासाथ प्राप्त अंशको हक लेनदेन व्यवहारको १० नं. वा अंशबन्डाको १९ को व्यवस्थाबाट संरक्षण हुन सक्ने हुँदैन । यस्तो स्थितिमा जालसाजमा फिराद लिई आउनुबाहेक निजको हकमा अर्को विकल्प पनि छैन । कुन मार्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9708वि.सं. २०७३पूर्ण इजलास

सम्पत्ति शुद्धीकरण

सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २८ को कानूनी व्यवस्थाअनुसार आफूसँग रहेको अस्वाभाविक सम्पत्तिको स्रोत उक्त सम्पत्ति बाहकले देखाउन सक्नु पर्दछ । केवल प्रतिवादीहरूको साथबाट बरामद भएको रकम मेरो हो भनी तेस्रो व्यक्तिले भन्दैमा सम्पत्तिको कानूनी स्रोत खुले…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9707वि.सं. २०७३पूर्ण इजलास

बहुविवाह

फौजदारी न्यायको उद्देश्य प्रचलित कानूनले अपराध घोषित गरेको कार्य गर्ने व्यक्तिलाई कानूनबमोजिम दण्ड सजाय गरी समाजमा अपराध नियन्त्रण गर्नु पनि हो । मुलुकी ऐन, बिहावरीको महलको ९ नं. बमोजिम कानूनबमोजिम लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद नभई वा अंशबन्डाको महलको १० न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9706वि.सं. २०७३संयुक्त इजलास

उत्प्रेषण

नैतिक पतन देखिने अपराधमा सजाय पाएको व्यक्ति विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन नसक्ने गरी शिक्षा नियमावली, २०५९ को नियम २९(ङ) ले प्रतिबन्ध लगाएको देखिन्छ । ज्यान मुद्दामा अदालतबाट भएको फैसलाले लाक्पा तामाङ विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन नपाउने अय…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9705वि.सं. २०७३संयुक्त इजलास

उत्प्रेषण / परमादेश

२०४५ सालमा जग्गाको नाप नक्सा भई नयाँ स्रेस्ता खडा भएको अवस्थामा सोभन्दा पहिलेको (२०२२ सालको) नक्सा एवम् स्रेस्ता कायम रहने नदेखिँदा सो २०२२ सालको नक्सा र स्रेस्तालाई अहिले यथावत्‌ रूपमा कार्यान्वयनमा ल्याइनु पर्दछ भन्नु मनासिब हुँदैन । उक्त दफा ८क मा भएको प्रा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9704वि.सं. २०७३संयुक्त इजलास

लागु औषध खैरो हिरोइन ।

लागु औषध मुद्दामा प्रमाणको भार (Burden of Proof) प्रतिवादीमा नै रहेको हुन्छ । सामान्यतः प्रमाणको भार वादीमा रहने भए तापनि कतिपय मुद्दाहरूमा विषयगत अपराधको गाम्भिर्यतालाई विचार गरी कानूनले निषेध गरेको वस्तु प्रतिवादीबाट बरामद भएमा सो तथ्यलाई कसुर मान्ने कानूनी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9703वि.सं. २०७३संयुक्त इजलास

उत्प्रेषण

कुनै कानूनले कुनै पेसा वा व्यवसाय सञ्चालन गर्नमा कुनै किसिमको रोक वा प्रतिबन्ध नलगाएको स्थितिमा बिना कानूनी आधार कार्यकारी निर्णय आदेशको आधारमा नागरिकलाई संविधान र कानूनले प्रदान गरेको पेसा वा व्यवसाय सञ्चालन गर्न पाउने हकमा रोक लगाउन मिल्ने नदेखिने । (प्रकरण…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9702वि.सं. २०७३संयुक्त इजलास

उत्प्रेषण

कतिपय कम्पनीहरू नयाँरूपमा निर्माण गरिएका हुन्छन भने कतिपय कम्पनीहरू पुराना कम्पनीलाई पुनर्संरचना गरी आधारभूतरूपमा पूर्ववर्ती कम्पनीलाई नै निरन्तरता दिने गरी नयाँ नामाकरण सहित संस्थापित गरिन्छन । कुनै कम्पनी नयाँ रूपमा निर्माण गरिएको मानिनका लागि पुरानो कम्पनीक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9701वि.सं. २०७३संयुक्त इजलास

उत्प्रेषण

विवादित कि.नं. ९८ को २-१५-०-१ जग्गा रावल आयोगको पत्रानुसार रोक्का रहेको थियो भन्ने तथ्यमा विवाद देखिएन । सार्वजनिक जग्गा हो भन्ने मान्यताका आधारमा रावल आयोगले रोक्का राखेको भन्ने कुरा मिसिल कागजातबाट देखिन्छ । तथापि उक्त जग्गा सार्वजनिक जग्गा हो भन्नेतर्फ कुनै…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9700वि.सं. २०७३संयुक्त इजलास

अंश दर्ता ।

एकपुस्ता मुनिका व्यक्तिले अंश मुद्दा दायर गर्दैमा मूल अंशियारका बीचमा अंश मुद्दा चल्न नसक्ने भन्ने हुँदैन । अंश मुद्दाको कारवाहीयुक्त अवस्था नराखी लामो समयसम्म तामेली राखी मुद्दामा अल्झाई राख्ने कार्यसम्म हुन गएको छ । एक अंशियारले अंश मुद्दा दायर गरी तामेलीमा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9699वि.सं. २०७३संयुक्त इजलास

उत्प्रेषण

निवेदकको कम्पनीको कर्मचारी सेवा सर्त नियमावली, २०३९ को नियम ६.२ अन्तर्गतको अनुसूची १४ मा नेपाल सरकारका कर्मचारीले पाएसरहको जीवन बिमा सुविधा उपलब्ध गराइनेछ भन्नुको तात्पर्य बिमा प्राप्त गर्नको लागि पनि सोही आधार र सर्तको पालना गरिएको हुनुपर्छ भन्ने हो । सरकारी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9698वि.सं. २०७३संयुक्त इजलास

अङ्ग भङ्ग

जाहेरवालीको बाध्यात्मक कारणले परिवर्तित बयानलाई स्वतन्त्ररूपमा खण्डन गर्नुपर्ने अवस्था रहन्छ । आफैँ पतिबाट अङ्गभङ्ग भएकी पीडित जाहेरवाली आफ्नै हित विरूद्ध किन बकपत्र गरिन् होला, कुन सामाजिक, सांस्कृतिक र आर्थिक कारणले वा के कारणले पीडित एकाएक परिवर्तन भइन सोच्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9697वि.सं. २०७३संयुक्त इजलास

अंश भरपाई लिखत बदर दर्ता बदर अंश फाँटसमेत

एकाघरसँगका अंशियारहरूमध्ये जुनसुकै अंशियारका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्ने छ भन्ने कानूनी व्यवस्था प्रमाण ऐन, २०३१ को दफा ६(क) मा भएको पाइन्छ । अंशियारहरू जहाँसुकै रहेबसे पनि ती अंशियारहरू विधिवत् छुट्टिभिन्न भएका हुन्, होइनन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9696वि.सं. २०७३संयुक्त इजलास

जबरजस्ती करणी

लामो समयदेखि जाहेरवालीलाई जबरजस्ती करणी गर्दै आई रहेको भन्ने श्रृंखलावद्ध कसुर अपराधको कडीको रूपमा रहेको र प्रत्येक पटकको उक्त आपराधिक कार्य दण्डनीय हुन्छ । सो वारदात कानूनको हदम्यादभित्र न्यायिक प्रक्रियामा आउन सक्ने नै हुँदा पछिल्लो पटकको मिति २०६५।१।२९ को आ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9695वि.सं. २०७३संयुक्त इजलास

उत्प्रेषण / परमादेश

कुनै सम्पत्तिको धारक वा भोगवालालाई नबुझी आफ्नो कुरा भन्ने मौका नदिई सो सम्पत्तिको सम्बन्धमा धारक वा भोगवालाको हक प्रतिकूल हुने गरी कुनै निर्णय गर्न मिल्ने हुँदैन । स्वच्छ सुनुवाईको मौका नदिई गरेको निर्णय प्राकृतिक न्यायको सिद्धान्तविपरीत हुन्छ । प्राकृतिक न्या…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9694वि.सं. २०७३संयुक्त इजलास

जग्गा हक कायम खिचोला मेटाई चलन चलाई पाऊँ

कुनै पनि जग्गामा व्यक्तिको हक हो होइन भन्ने कुरालाई हेर्ने मापदण्ड भनेको साबिकको हकको स्रोत, जसमा पहाडतर्फ भए पाखो जग्गामा मुखियामार्फत तिरो बुझाएको, खेत भए जिम्मावालद्वारा तिरो बुझाएको र तराइतर्फ जिमदारद्वारा तिरो बुझाएको देखिनु पर्छ । कुनै पनि जग्गाको साबिकक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9693वि.सं. २०७३संयुक्त इजलास

गौवध

समान स्तरका प्रतिवादीहरूमध्ये कुनैको सजाय उल्टिएको अवस्थामा अर्को प्रतिवादीलाई समेत अन्याय नपरोस भनी यस्तो व्यवस्था राखेको देखिन्छ । कानूनले सुस्पष्टरूपमा पुनरावेदन नगर्ने प्रतिवादीको हकमा समेत पुनरावेदन दिने सरह उल्टाई दिनुपर्छ भनी तोकेको अवस्थामा पुनरावेदन अ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9692वि.सं. २०७३संयुक्त इजलास

लागु औषध खैरो हेरोइन

अनुमानकै आधारमा सवारी धनी तथा ऋणीले जानी बुझीकन उक्त सवारी साधन लागु औषधको कारोबारका लागि प्रतिवादीहरूलाई प्रयोग गर्न दिएको भन्न न्यायोचित नहुने । (प्रकरण नं. ६) अभियोगमा लागु औषधको कारोबारमा सङ्गठितरूपमा संलग्न देखाइएका व्यक्तिहरूको बैङ्क खाताको कारोबारको विव…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9691वि.सं. २०७३संयुक्त इजलास

कर्तव्य ज्यान

मृतकले लगाएको गहनाहरू निजको लाससँग नरहनु र प्रतिवादीको आकस्मिक आर्थिक गतिविधिले पनि प्रस्तुत वारदातमा यी प्रतिवादीको संलग्नता थप पुष्टि हुन गएको पाइने । (प्रकरण नं. ८) अपराध हुँदाहुँदैको अवस्था देख्ने चस्मदिद्‌ गवाह मुद्दामा नहुन पनि सक्दछ । चस्मदिद्‌ गवाह नभए…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9690वि.सं. २०७३संयुक्त इजलास

उत्प्रेषण

वस्तुतः आफू विरूद्धको फैसलाको जानकारी प्राप्त गर्ने वा त्यस्तो फैसलाउपर चित्त नबुझेमा पुनरावेदन गर्न पाउने कानूनी हक मुद्दाका पक्षहरूमा निहित रहेको हुन्छ । कानूनद्वारा प्रदत्त अधिकारको उपयोग गर्नबाट कसैलाई वञ्चित गर्नसमेत नमिल्ने । प्रत्येक व्यक्तिलाई निज विरू…

नजिर सार पढ्नुहोस् →