नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9695 · वि.सं. २०७३

नि.नं. 9695 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

कुनै सम्पत्तिको धारक वा भोगवालालाई नबुझी आफ्नो कुरा भन्ने मौका नदिई सो सम्पत्तिको सम्बन्धमा धारक वा भोगवालाको हक प्रतिकूल हुने गरी कुनै निर्णय गर्न मिल्ने हुँदैन । स्वच्छ सुनुवाईको मौका नदिई गरेको निर्णय प्राकृतिक न्यायको सिद्धान्तविपरीत हुन्छ । प्राकृतिक न्यायको सिद्धान्त (Principle of Natural justice) लाई नेपालको न्याय प्रणालीले प्राथमिक र मूलभूत सिद्धान्तको रूपमा अंगीकार गरेको छ र न्याय निरूपणको सन्दर्भमा सर्वाधिक महत्त्व दिई आएको छ । प्राकृतिक न्यायको सिद्धान्तबमोजिम जसको विरूद्धमा निर्णय गरिन्छ सो व्यक्तिलाई बुझ्दै नबुझी एकपक्षीयरूपमा गरेको निर्णय दूषित र त्रुटिपूर्ण हुन जाने हुँदा प्रशासनिक वा न्यायिक निर्णय गर्दा सम्बन्धित सरोकारवाला सबैलाई बुझी निर्णय गरेको हुनुपर्ने । (प्रकरण नं. ८) व्यक्ति विशेषको नामबाट नेपाल सरकारको नाममा जग्गाको स्वामित्व परिवर्तन गर्ने गरी निर्णय गर्दा तालुक कार्यालयको पत्रको आधारमा निर्णय गर्न मिल्दैन । आवश्यक प्रक्रियाको पनि पालना गर्नु पर्दछ । त्यस सम्बन्धमा त्यसअघि कुनै अदालत र साधिकार निकायबाट कुनै निर्णय भएको छ छैन भन्ने कुरालाई पनि हेरिनुपर्ने । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9695
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2072/12/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोपाल पराजुली
मुद्दा नं.०७१-WO-१०७१
उद्धरण सन्दर्भने.का.प. २०७३, नि.नं. 9695
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्