नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9690 · वि.सं. २०७३
नि.नं. 9690 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
वस्तुतः आफू विरूद्धको फैसलाको जानकारी प्राप्त गर्ने वा त्यस्तो फैसलाउपर चित्त नबुझेमा पुनरावेदन गर्न पाउने कानूनी हक मुद्दाका पक्षहरूमा निहित रहेको हुन्छ । कानूनद्वारा प्रदत्त अधिकारको उपयोग गर्नबाट कसैलाई वञ्चित गर्नसमेत नमिल्ने । प्रत्येक व्यक्तिलाई निज विरूद्ध गरिएको कारवाहीको जानकारी पाउने र त्यस्तो कारवाहीउपर चित नबुझेका कुरामा पुनरावेदन गर्न पाउने अधिकार रहने । रिट निवेदकका नाममा जारी भएको म्याद म्याद तामेलीसम्बन्धी उपर्युक्त कानूनी व्यवस्था अनुरूप अ.बं. ११० नं. को प्रक्रिया पुर्याई तामेल भएको अवस्थामा के कुन प्रक्रिया नपुगी बेरीतको भएको र आफूले थाहा जानकारी नपाएको भन्ने यथेष्ट, विश्वासप्रद कारण, अवस्था र स्थिति देखाउनु पर्ने दायित्व निवेदक कै रहने । कानूनले निर्धारण गरेको प्रकिया र रित पुर्याई तामेल भएको म्यादभित्र प्रतिवाद नगर्ने व्यक्तिलाई विना आधार र कारण म्याद बदर गरी पुनः प्रतिवादको मौका दिई रहनुपर्छ भन्ने कानूनको मकसद हुन नआउने । (प्रकरण नं. ५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9690 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2072/12/22 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र |
| मुद्दा नं. | ०६७-WO-११२४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9690 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
