नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9692 · वि.सं. २०७३
नि.नं. 9692 — लागु औषध खैरो हेरोइन
सिद्धान्त / नजिर सार (Headnote Summary)
अनुमानकै आधारमा सवारी धनी तथा ऋणीले जानी बुझीकन उक्त सवारी साधन लागु औषधको कारोबारका लागि प्रतिवादीहरूलाई प्रयोग गर्न दिएको भन्न न्यायोचित नहुने । (प्रकरण नं. ६) अभियोगमा लागु औषधको कारोबारमा सङ्गठितरूपमा संलग्न देखाइएका व्यक्तिहरूको बैङ्क खाताको कारोबारको विवरणमा प्रतिवादीको संलग्नता पुष्टि नभएको अवस्थामा शङ्का र अनुमानका आधारमा बैङ्क खातामा रहेको सम्पूर्ण रकम लागु औषधको कारोबारबाट जम्मा गरेका रहेछन् भनी अर्थ गर्न न्यायोचित नहुने । (प्रकरण नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9692 |
|---|---|
| मुद्दाको विषय | लागु औषध खैरो हेरोइन |
| निर्णय वर्ष / मिति | 2072/12/24 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय | माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. | माननीय न्यायाधीश श्री महेश प्रसाद पुडासैनी |
| मुद्दा नं. | ०७०-CR-१६८२ | ०६८-CS-११२० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9692 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
