नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9704 · वि.सं. २०७३
नि.नं. 9704 — लागु औषध खैरो हिरोइन ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
लागु औषध मुद्दामा प्रमाणको भार (Burden of Proof) प्रतिवादीमा नै रहेको हुन्छ । सामान्यतः प्रमाणको भार वादीमा रहने भए तापनि कतिपय मुद्दाहरूमा विषयगत अपराधको गाम्भिर्यतालाई विचार गरी कानूनले निषेध गरेको वस्तु प्रतिवादीबाट बरामद भएमा सो तथ्यलाई कसुर मान्ने कानूनी प्रावधान भई सो आपराधिक कार्य (Corpus Delicit) स्थापित भएपछि निर्दोषिता प्रमाणित गर्ने भार प्रतिवादीमा राख्ने गरेको पाइन्छ । यसरी कुनै प्रतिबन्धित वस्तु कसैको साथबाट फेला पर्नु नै आपराधिक कार्य गरेको मानिने प्रकृतिको अपराधलाई Possessory Crime भनिन्छ र त्यस प्रकारको आपराधमा आपराधिक कार्य स्थापित भएपछि निर्दोषिता प्रमाणित गर्ने भार प्रतिवादीको हुने । मौकामा कागज गर्ने व्यक्तिहरू तथा मुद्दाका प्रतिवेदक प्रहरी कर्मचारीहरूसमेत अदालतमा उपस्थित भई सुरू अनुसन्धानमा उल्लेख गरेको व्यहोरालाई समर्थन गरी बकपत्र गरेको अवस्थामा प्रतिवादीहरूले कसुर गरेको कुरा स्थापित हुन आउँछ । प्रमाणको भार प्रतिवादीहरूमा हस्तान्तरण हुने प्रस्तुत मुद्दामा प्रतिवादीहरूले आफ्नो निर्दोषिताको प्रमाण प्रस्तुत गर्न सक्नु पर्छ । केवल निर्दोष हौं भन्ने कथन मात्र निर्दोषिता पुष्टि गर्नको लागि पर्याप्त हुन नसक्ने । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9704 |
|---|---|
| मुद्दाको विषय | लागु औषध खैरो हिरोइन । |
| निर्णय वर्ष / मिति | 2073/05/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल |
| मुद्दा नं. | ०७०-CR-०५६३ | ०७०-CR-०५६७ | ०७०-CR-१३४८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9704 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
