नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9691 · वि.सं. २०७३
नि.नं. 9691 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
मृतकले लगाएको गहनाहरू निजको लाससँग नरहनु र प्रतिवादीको आकस्मिक आर्थिक गतिविधिले पनि प्रस्तुत वारदातमा यी प्रतिवादीको संलग्नता थप पुष्टि हुन गएको पाइने । (प्रकरण नं. ८) अपराध हुँदाहुँदैको अवस्था देख्ने चस्मदिद् गवाह मुद्दामा नहुन पनि सक्दछ । चस्मदिद् गवाह नभएको अवस्थामा पनि अपराधी यही नै हो भनी ठम्याउन वस्तुनिष्ठ र परिस्थितिजन्य प्रमाणबाट पनि सकिन्छ । घटित अपराधको प्रकृति अपराध हुनुअघि र पछिका घटना र प्रतिवादीको हाउभाउसहितको व्यवहार आदि सबैतर्फबाट अपराधी को हो भनी देखाई रहेको अवस्था चश्मदिद गवाह छैन वा अदालतमा अपराधमा इन्कारी बयान गरेकै कारणले मात्र सफाइ दिनु न्यायोचित नहुने । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9691 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2072/12/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. | माननीय न्यायाधीश श्री दिनेशप्रसाद यादव |
| मुद्दा नं. | ०७१-RC-००७४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9691 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
