नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9707 · वि.सं. २०७३

नि.नं. 9707 — बहुविवाह

सिद्धान्त / नजिर सार (Headnote Summary)

फौजदारी न्यायको उद्देश्य प्रचलित कानूनले अपराध घोषित गरेको कार्य गर्ने व्यक्तिलाई कानूनबमोजिम दण्ड सजाय गरी समाजमा अपराध नियन्त्रण गर्नु पनि हो । मुलुकी ऐन, बिहावरीको महलको ९ नं. बमोजिम कानूनबमोजिम लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद नभई वा अंशबन्डाको महलको १० नं. बमोजिम स्वास्नीले अंश लिई भिन्न बसेको अवस्था नभई अर्को विवाह गर्न पाउने नदेखिने । (प्रकरण नं. ५) प्रतिवादीहरूबीच दोस्रो विवाह भइसकेको अवस्था रहेमा वारदात घटित भइसकेको मान्नुपर्छ । दोस्रो विवाह गरेपछि हाल सो दोस्रो वैवाहिक सम्बन्ध कायम नरहेको भन्ने कुराले सम्पन्न भइसकेको दोस्रो विवाह (बहुविवाह) नभएको मान्न मिल्दैन । सम्पन्न भइसकेको कार्य नभएको हुन सक्दैन र नभएको बनाउन पनि सकिँदैन । बहुविवाह स्थापित भइसकेको अवस्थामा कानूनको परिणाम तत्काल सिर्जित भएको देखिन्छ । सोबाट लामो समयपछिबाट गरिएको सम्बन्ध विच्छेदले मद्दत गर्न सक्ने नदेखिने । (प्रकरण नं. ६) बहुविवाह फौजदारी कसुर भएको र फौजदारी कानूनको अक्षरश: लागू गर्नुपर्ने हुन्छ । कुनै वस्तुस्थिति देखाएर वा जाहेरवाला वा पीडितको आक्रोश वा क्षमा वा सहनशीलता जस्ता कुराले फौजदारी दायित्वबाट मुक्त गर्न सकिँदैन । यसबाट फौजदारी कानूनको कार्यान्वयनमा अपवाद खोज्ने अवस्था निम्त्याउँछ, जुन कानूनले अनुमति दिँदैन । दुष्कृतिलाई रोक्ने प्रयोजनका लागिसमेत यस्तो दृष्टिकोणलाई स्थान दिन नमिल्ने । (प्रकरण नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9707
मुद्दाको विषयबहुविवाह
निर्णय वर्ष / मिति2072/04/28
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय | माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल | माननीय न्यायाधीश श्री सुशीला कार्की
मुद्दा नं.०६७-CF-००१०
उद्धरण सन्दर्भने.का.प. २०७३, नि.नं. 9707
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्