नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9703 · वि.सं. २०७३
नि.नं. 9703 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
कुनै कानूनले कुनै पेसा वा व्यवसाय सञ्चालन गर्नमा कुनै किसिमको रोक वा प्रतिबन्ध नलगाएको स्थितिमा बिना कानूनी आधार कार्यकारी निर्णय आदेशको आधारमा नागरिकलाई संविधान र कानूनले प्रदान गरेको पेसा वा व्यवसाय सञ्चालन गर्न पाउने हकमा रोक लगाउन मिल्ने नदेखिने । (प्रकरण नं. ७) पेसा, व्यवसाय सञ्चालन गर्न पाउने नागरिकको मौलिक हकलाई जनशक्तिको व्यवस्थापन हुन नसकेको कारण देखाई अनिश्चित समयसम्म रोक्नु मनासिब हुन सक्तैन । नागरिकले कानूनबमोजिम पेसा, व्यवसाय सञ्चालन गर्न अनुमति माग गरेमा त्यसका लागि आवश्यक पर्ने जनशक्तिलगायतका व्यवस्थापकीय प्रबन्ध मिलाई सहजीकरण गर्नु राज्यको दायित्व हो । प्रस्तुत सन्दर्भमा अनुगमन गर्ने जनशक्तिको अभाव रहेको भन्ने कारण देखाई नागरिकको पेसा व्यवसाय गर्न पाउने संवैधानिक एवं कानूनी हक अधिकारको प्रयोगमा अनन्त र अनिश्चित कालसम्म रोक लगाउने कार्यलाई कानून एवं न्यायसङ्गत मान्न नसकिने । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9703 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2073/05/27 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत |
| मुद्दा नं. | ०७२-WO-०८२० | ०६९-WO-०१४३ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9703 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
