नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9700 · वि.सं. २०७३

नि.नं. 9700 — अंश दर्ता ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

एकपुस्ता मुनिका व्यक्तिले अंश मुद्दा दायर गर्दैमा मूल अंशियारका बीचमा अंश मुद्दा चल्न नसक्ने भन्ने हुँदैन । अंश मुद्दाको कारवाहीयुक्त अवस्था नराखी लामो समयसम्म तामेली राखी मुद्दामा अल्झाई राख्ने कार्यसम्म हुन गएको छ । एक अंशियारले अंश मुद्दा दायर गरी तामेलीमा राखी बसिरहने अवस्थामा पछि दायर भएका मूल अंशियारहरूको बीचको अंश मुद्दामा कानूनी प्रक्रिया बढाई कानूनबमोजिम फैसला एवं फैसला कार्यान्वयन गर्ने जस्ता कार्य गर्न कुनै कानूनले बाधा पुर्‌याएको देखिँदैन । अदालतमा उपस्थित रहि आफ्नो हक प्रति जागरूक रहने व्यक्तिहरूको बीचमा परेको अंश जस्तो मुद्दामा छिटो कारवाही किनारा गर्नु अदालतको कर्तव्य पनि हुने । (प्रकरण नं. ८) सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्यायाधीश श्री लेखनाथ घिमिरे पुनरावेदन तहमा फैसला गर्ने : मा.का.मु. मुख्य न्या. श्री जगदीश शर्मा पौडेल माननीय न्यायाधीश श्री सरोजप्रसाद गौतम

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9700
मुद्दाको विषयअंश दर्ता ।
निर्णय वर्ष / मिति2073/05/15
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सारदा प्रसाद घिमिरे | माननीय न्यायाधीश श्री  विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री  सरोजप्रसाद गौतम
मुद्दा नं.०७०-CI-०५६०
उद्धरण सन्दर्भने.का.प. २०७३, नि.नं. 9700
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्