नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9699 · वि.सं. २०७३
नि.नं. 9699 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
निवेदकको कम्पनीको कर्मचारी सेवा सर्त नियमावली, २०३९ को नियम ६.२ अन्तर्गतको अनुसूची १४ मा नेपाल सरकारका कर्मचारीले पाएसरहको जीवन बिमा सुविधा उपलब्ध गराइनेछ भन्नुको तात्पर्य बिमा प्राप्त गर्नको लागि पनि सोही आधार र सर्तको पालना गरिएको हुनुपर्छ भन्ने हो । सरकारी कर्मचारीले जस्तो बिमा कोषमा योगदान नगर्ने तर सरकारी कर्मचारीसरह उपलब्ध गराइनेछ भन्ने व्यवस्था लेखिएकै आधारमा जीवन बिमाको सुविधाको दाबी गर्न मिल्दैन । निवेदकको हकमा हेर्दा कम्पनीमा बिमा कोष खडा गर्ने तथा कर्मचारीहरूले उक्त कोषमा मासिकरूपमा निश्चित रकम योगदान गर्ने व्यवस्था रहेको देखिएन । यसरी कुनै पनि योगदान बिना बिमा रकम सुविधा पाउनुपर्ने भन्ने निवेदनको मागसँग सहमत हुन नसकिने । (प्रकरण नं. ३) बिमासम्बन्धी अवधारणा योगदान (Insurance Premium) मा आधारित रहेको हुन्छ । बिमा गर्दा बिमकले बिमितलाई बिमासुविधा उपलब्ध गराउँछ भने त्यसको प्रतिफल(Consideration) स्वरूप बिमितले पनि निश्चित रकम योगदानको रूपमा बिमकलाई उपलब्ध गराउँछ । बिमासम्बन्धी यो आधारभूत अवधारणा हो । योगदान (Insurance Premium) बिना बिमा हुन सक्दैन । प्रस्तुत निवेदनमा निवेदकलाई बिमित तथा कम्पनीलाई बिमक मानी हेर्दा निवेदकले कुनै योगदान नगरेको अवस्थामा कम्पनीबाट बिमाबापतको सुविधाको दाबी गर्नु बिमासम्बन्धी आधारभूत अवधारणाको समेत विपरीत रहेको देखिने । (प्रकरण नं. ४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9699 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2073/04/25 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे |
| मुद्दा नं. | ०६८-WO-०८५९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9699 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
