नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9709 · वि.सं. २०७३

नि.नं. 9709 — जालसाजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

वादीहरूमध्ये सतिस बानिया नाबालक रहेको कुरामा विवाद छैन । निजलाई जन्मनासाथ प्राप्त अंशको हक लेनदेन व्यवहारको १० नं. वा अंशबन्डाको १९ को व्यवस्थाबाट संरक्षण हुन सक्ने हुँदैन । यस्तो स्थितिमा जालसाजमा फिराद लिई आउनुबाहेक निजको हकमा अर्को विकल्प पनि छैन । कुन मार्ग अवलम्बन गर्दा आफूलाई न्याय प्राप्त हुन्छ सो कुरा वादी आफैँले तय गर्ने हो, प्रतिवादी वा अदालतले होइन । यस स्थितिमा वादीहरू सगोलमा बसेको भन्ने कुराले कुनै अर्थ राख्दैन । सगोलमा बस्दैमा सबै अवस्थामा लोग्ने वा पतिको व्यवहार थाहा हुन्छ भन्ने पनि हुँदैन । लिखतमा वादीहरू साक्षी बसेको अवस्था छैन । यस स्थितिमा नाबालकसमेतको हक संरक्षण गर्न अ.बं.८३ नं. को सुविधासमेत लिई नक्कल सारेको मितिबाट आएको फिराद अस्वीकार गर्न मिल्ने नदेखिने । (प्रकरण नं. ३) जहाँ जालसाजको प्रश्न उत्पन्न हुन्छ त्यहाँ जालसाजपूर्ण कार्य भएको छ वा छैन भन्ने कुरा नै मुख्यरूपमा हेर्नुपर्ने हुन्छ । लिखत बदरमा जाने हदम्याद कटेको कारणबाट जालसाज नहुने होइन । जालसाजपूर्ण कार्य भएको छ भने लिखत बदरमा म्याद कट्नु गौण कुरा हुने । (प्रकरण नं. ४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9709
मुद्दाको विषयजालसाजी
निर्णय वर्ष / मिति2073/06/06
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश डा. श्री आनन्द मोहन भट्टराई | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ | माननीय न्यायाधीश श्री गोविन्दकुमार श्रेष्ठ | माननीय न्यायाधीश श्री गौरी ढकाल
मुद्दा नं.०६५-NF-००५१
उद्धरण सन्दर्भने.का.प. २०७३, नि.नं. 9709
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्