नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9713 · वि.सं. २०७३
नि.नं. 9713 — लेनदेन
सिद्धान्त / नजिर सार (Headnote Summary)
विवादको पक्षले उठान नगरेको विषयमा प्रवेश गरी निर्णय गर्नु अगाडि न्याय निरूपण गर्ने निकायबाट गम्भीररूपमा विचार गर्नुपर्ने हुन्छ । वादीले सुरू फैसलाउपर चित्त नबुझाई पुनरावेदन गरेको अवस्थामा पुनरावेदन सुन्ने अदालतबाट पुनरावेदकले उठाएको प्रश्नहरूमा सम्बोधन नगरी प्राविधिक आधारमा मुद्दामा ठहर गर्नुपर्ने अवस्थामा त्यसको अन्तरवस्तुलाई विचार गर्नु अनिवार्य हुन्छ । मुद्दा खारेजी नै हुने प्राविधिक पक्ष मुद्दामा समावेश भएको खण्डमा मुद्दाको सम्बन्धित पक्षले त्यसलाई नै बढी जोड दिई दाबी खण्डन गर्नका लागि मुख्य आधार प्रमाणको रूपमा विषय उठाउने सम्भावना बढी हुने । सामान्यतया २०५५।१२।१६ को कपाली तमसुक लिखितको १० वर्षे अन्तिम हदम्याद २०६५।१२।१५ हुनेमा विवाद हुन सक्दैन । यस्तो स्वाभाविकरूपले अनुमान गर्न सकिने विषयमा प्रतिवादीले कुनै प्रश्न नउठाएको र सुरू अदालतले समेत निर्णयका क्रममा त्यसतर्फ प्रवेश गरेको नदेखिँदा पुनरावेदकीय अधिकारक्षेत्र प्रयोग गरी तल्लो निकायको निर्णयलाई नै परिवर्तन गर्न सक्ने अधिकार भएको अदालतबाट निर्णय गर्दा त्यस्तो विषयलाई सतही र हल्कारूपमा प्रमाणको रूपमा ग्रहण गरी निर्णय गर्नु उचित र तर्कसङ्गत मान्न नसक्ने । (प्रकरण नं. ३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9713 |
|---|---|
| मुद्दाको विषय | लेनदेन |
| निर्णय वर्ष / मिति | 2073/02/27 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दीपकराज जोशी | माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ | माननीय न्यायाधीश श्री माधवप्रसाद चालिसे | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी |
| मुद्दा नं. | ०७०-CI-०१७४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9713 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
