नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9697 · वि.सं. २०७३
नि.नं. 9697 — अंश भरपाई लिखत बदर दर्ता बदर अंश फाँटसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
एकाघरसँगका अंशियारहरूमध्ये जुनसुकै अंशियारका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्ने छ भन्ने कानूनी व्यवस्था प्रमाण ऐन, २०३१ को दफा ६(क) मा भएको पाइन्छ । अंशियारहरू जहाँसुकै रहेबसे पनि ती अंशियारहरू विधिवत् छुट्टिभिन्न भएका हुन्, होइनन् र तिनिहरूका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो होइन भन्ने तथ्यगत विश्लेशणबाट निष्कर्ष निकाल्नु पर्ने हुन्छ । अलग अलग घर हुनुलाई नै छुट्टिभिन्न भएका हुन् भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं. ३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9697 |
|---|---|
| मुद्दाको विषय | अंश भरपाई लिखत बदर दर्ता बदर अंश फाँटसमेत |
| निर्णय वर्ष / मिति | 2073/03/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ओम प्रकाश मिश्र | माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ | माननीय न्यायाधीश श्री शिवप्रसाद पराजुली | माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल | माननीय न्यायाधीश श्री शिवनारायण यादव |
| मुद्दा नं. | ०६७-CI-०३६५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9697 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
