§ विवादको जग्गा साविकमा कि.नं. ५०१, २४८, ८४८ कायम भै जग्गा धनी बलिरामकुमार भएकोमा वादीहरु बीच २०४४।४।३२ मा अंशवण्डा हुँदा जग्गाहरु पनि छुट्याएको र छुट्याउँदा विभिन्न कित्ता कायम भएको देखियो । भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६ को उपदफा (८) मा मोही भएको जग्गा…
§ छोरा कृष्ण सैजु मुख्य भै कामकाज गरेको भन्ने र निजले लिएको ऋणमा बाबु आमाको मञ्जुरी नभएको भन्ने हुँदा लेनदेन व्यवहारको ८ र ९ नं. ले बाबु आमाको नामको सम्पत्ति छोराले लिएको ऋणमा लिलाम गर्न मिल्ने नदेखिएकोले विगो भरी भराउ सम्बन्धी पाल्पा जिल्ला अदालतको सबै कार…
§ निजामती सेवा ऐन, २०४९ को दफा १६ मा २०५५ सालमा भएको पिहलो संशोधनद्बारा महिला निजामती कर्मचारीको हकमा ६ महिनाको परीक्षणकाल तोकिएकोमा नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ मा तदअनुकूल नमिलाइएको भएपनि त्यस्तो प्रतिकूल व्यवस्था स्वतः भेदभावयुक्त हुने र निजामती सेवा भित्र…
§ कम्पनी कानूनको सन्दर्भमा रिट निवेदकले माग गरेको उपचार र त्यस्को प्रकृति सम्बन्धमा विचार गर्दा प्रत्यर्थी नेपाल लिभर लिमिटेड, ऐ.को संचालक समिति, अध्यक्ष संचालक समिति, निर्वाचन अधिकृतहरुद्बारा कम्पनी ऐन, २०५३ को कम्पनी प्रबन्धपत्र र नियमावली एवं कम्पनीको संचाल…
§ प्रतिवादी परमानन्द खरेलले ठेकेदार राजेन्द्रप्रसाद चौधरी तथा ठेकेदार लक्ष्मणप्रसाद रौनियारसँग मिलेमतो गरी भ्रष्टाचार गरेको हुँदा निजलाई सजाय गरी विगो रु.८,६२,०५१।३५ कायम गरिएकोमा रु.५,९७,१४७।८५ पहिलेका ठेकेदारबाट सरकारी बाँकी सरह असूल हुने भन्ने व्यहोरा अभिय…
प्रस्तुत मुद्दामा २०५३ सालको दे.पु.इ.नं.११८ पुनरावेदक वादी इन्द्रविक्रम साह विरुद्ध प्रत्यर्थी प्रतिवादी शारदा शाहसमेत भएको अंश चलन मुद्दामा मिति २०५५।९।९ मा प्रतिपादित भएको सिद्धान्त प्रस्तुत मुद्दामा आकर्षित हुने हो होइन ? भन्ने सम्बन्धमा नै निर्णय दिनुपर्न…
§ का.जि.का.म.न.पा. वडा नं.२३(प) कि.नं.११८ को जग्गाको रिट निवेदक मोही रही सो जग्गामा कम्पाउण्ड समेत बनाई भोग चलन गर्दै आइरहेको अवस्थामा उक्त घर जग्गा बाँडफाँड गरी पाउँ भनी जग्गा धनीको भूमि सुधार कार्यालयमा परेको निवेदन उपरको कारबाही वदर गराई माग्नका लागि भूमि स…
§ मनुष्यजातिमा पुरुष र महिला दुवै पर्दछन अर्थात पुरुष पनि मनुष्य हुन महिला पनि मनुष्य नै हुन त्यसैले मनुष्यको नाताबाट प्राप्त हुने सबै हक अधिकार समान रुपले महिला र पुरुषलाई उपलब्ध हुनुपर्दछ भन्ने कुरामा दुईमत हुन सक्दैन । यो नैसर्गिक अउल्लंघनीय नियम हो । तर व…
§ कार्यसम्पादन मूल्यांकन गर्ने र बढुवा उपर उजूरी गर्नेका सम्बन्धमा निजामती सेवा ऐन, २०४९ को दफा २४ च को उपदफा (३) र (४) को व्यवस्था विभेदयुक्त रही नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११(१), धारा १२(२)(क)(ङ) समेतसँग बाझिएको भन्ने निवेदकको भनाई रहेको देखिन्छ…
§ हामी आठ अंशियार भएकोमा हामीहरुको समेत हक लाग्ने पैतृक सम्पत्तिको अचल जग्गा हाम्रो हकको मन्जुरी वेगर र.नं. २१५७ बाट मिति २०४३।११।१२ मा राजिनामा पारित गरेको मकवानपुर जिल्ला ज्यामिरे गा.वि.स. वडा नं. ९ कि.नं. २१९ को ज.वि.०/९/६ मध्ये पूर्व तर्फबाट आधा र ऐ.ऐ. कि.…
§ पुनरावेदक वादीका पति तथा पिता प्रतिवादी नथुनी साहले प्रतिवादी मध्येका मुण्डा साहलाई मिति २०२१।१।१० मा जग्गा बिक्री गर्ने गरी घरसारमा राजिनामाको लिखत गरी दिएको देखिन्छ । सो लिखतलाई पुनरावेदक वादीले जालसाजी हो भनी जिकिर लिएतापनि विशेषज्ञले सद्दे हो भनी दिएको र…
§ अपुतालीको २ नं. मा मर्नेको लोग्ने, स्वास्नी, छोरा वा छोराको छोरा भएसम्म छोरीले अपुताली पाउदैन । त्यस्ता कोही नभएको छोरीले अपुताली पाउँछ भन्ने उल्लेख भएको र त्यसको व्याख्या ने.का.प. २०५३, नि.नं.६२६२, पृ.६९७ मा गरिए अनुसार मर्नेको भन्ने उल्लेख भएकोबाट मर्ने…
§ यसमा मोहीले छोडपत्र गरेकोले मोहीको लगत कट्टा गरी पाउँ भन्ने वादी दावी र छोडपत्र गरेको छैन भन्ने प्रतिवाद भई विवाद परेको देखियो । प्रतिवादीले मोही हक छोड्न मिति २०३०।१२।६ मा निवेदन दिएको र सनाखत गराई पेश गर्नु भन्ने मिति २०३०।१२।२३ मा तोक लागे पश्चात कारब…
§ प्रतिवादी र मृतक बीचमा तत्काल विवाद उठी सोही मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी चोट छोडेको कारण मृत्यु भएको अर्थात आवेश प्रेरित हत्या भन्ने नभई उमालाल र भिमबहादुर बीच कृष्णबहादुरलाई मार्ने वार्ता चली उमालालले श्रीमतीसँगको अनुचित सम्बन्धको पूर्व रिसइवी…
§ प्रतिवादी टिकाबहादुरले प्रहरी तथा अदालतमा बयान गर्दा निजका साथीहरु कृष्ण धौबन्जारा र पुण्य धौबन्जाराले तिम्रो श्रीमती गंगा अरुसँग मोटरसाईकलमा बसि जाने गरेकोले त्यस्तो स्वास्नीलाई कि मार कि राख भनी भनेको र सो सुनेको प्रतिकृयास्वरुप घरमा आई स्वास्नीसँग भनाभन भ…
§ यसमा आसोदेवीले विवाद जग्गा वादी प्रतिवादी बीच चलेको अंश मुद्दामा मिति २०४१।८।१ मा भएको मिलापत्रबाट अंश वापत पाएको भन्ने देखियो । अंश वापत पाएको जग्गा अंश पाउने विधवा आसोदेवीले अचलमा आधिसम्म आफूखुश गर्न पाउने सो भन्दा बढी आफूखुश गर्न नपाउने बन्देज स्त्री अंश…
§ दावीको जग्गामा वादीको घरबास रहेको भन्ने सम्म देखिन्छ । विवादित जग्गा आफ्नो हक दर्ताको भएको र उक्त जग्गाको तिरोभरो समेत गरी आएको भनी वादीले दावी लिन नसकेको तथा प्रतिवादीको बाबु मंगल यादवको नाम दर्तामा रही तिरो भरो गरी निजको मृत्यु पश्चात निजका छोरा प्रतिवाद…
§ यसमा प्रत्यर्थी काठमाडौं महानगरपालिकाबाट भएको मिति २०५३।६।११ को निर्णयलाई दुई भागमा विभाजित गर्न सकिन्छ र ती दुई भाग खण्डको वैधानिकताको परीक्षण गर्नुपर्ने हुन आएको छ । पहिलो भागमा निवेदक समेतले मिति २०३३।९।१५ मा तत्कालिन काठमाडौं नगर पंचायतमा दिएको निवेदनमा…
§ वादीका पति एवं पिता समेत वादी, राम लखन समेत प्रतिवादी भएको २०३७ सालको दे.नं. ७७४ को मुद्दामा वादी प्रतिवादीका बीच अंशवण्डा हुने ठहर भै फैसला भएपनि फैसला अनुरुप रीतपूर्वकको वण्डा मुचुल्का भै अंश छुट्याउने कार्य भएको पाइदैन । २०३७ सालको मुद्दामा ०३७।११।८ मा म…
§ मूलतः वास्तु एवं स्थापत्यकलाको दृष्टिबाट विशेष रुपले चिनिने वा महत्व झल्किने कुनै संरचना वा भवनमा आवश्यक परी निर्माण कार्य केही गर्नु परेमा भईरहेको संरचनाको भौतिक स्वरुपमा खास परिवर्तन नआउने गरी त्यस्तो कुनै निर्माण कार्य गर्नु श्रेयस्कर हुन्छ । प्रस्तुत रिट…
§ मेरो कि.नं.१०११ मा पर्ने पूर्व पश्चिम २ फीट ९ इन्च र उत्तर दक्षिण १८ फीट २ इन्च पेटी विपक्षीले कि.नं.१०१२ मा समावेश गरी नपाई लालपूर्जा लगेको हुँदा खिचोला मेटाई हक कायम गराई विपक्षीको कि.नं. १०१२ को पेटीको जग्गाको घर सम्मको लाल पूर्जा वदर गरी हाम्रो कि.नं.१०…
§ बकसपत्र हुँदा छोरा सरह अंश पाउने हकनै स्थापित नभएकी कानूनले अंशियार भन्न नमिल्ने अवस्थाकी वादीलाई भविष्यमा असर पुग्न सक्तछ कि भन्ने सम्भावित अनुमानबाट कानूनले निषेध नगरेको सम्पत्ति अवतरण गर्न नमिल्ने भन्न मिल्ने भएन । बकसपत्रकै शर्तका आधारमा प्रतिवादीमा स…
§ समष्टिगत प्रमाणको मूल्यांकन गर्दा मोहमद रजाक हुसेनका बयान व्यहोरा मिलानकै जाहेरी परेको र निज महमद रजाक हुसेनले अदालत समक्ष बकपत्र गर्दा रोक भन्ने आवाज आयो, १५,१६ जना आई तिन तर्फबाट घेरे भनी भनेपछि जीरह हुँदा चारैतिरबाट घेरेको, गोलीको आवाज सुनेकोले निजहरुले…
§ निवेदकले नदीले छाडेको गुठी जग्गा दर्ता गरी पाउँ भनी राजिनामा लगायतका प्रमाण दिई विपक्षी गुठी तहसिल कार्यालयमा निवेदन दिएकोमा गुठी संस्थान कार्य व्यवस्था विनियम, २०४९ को विनियम १०ज र श्री ५ को सरकारको मिति २०५१।१०।२३ को निर्णयको दफा ३ अनुसार निवेदकको नाममा दर…