नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6899 · वि.सं. २०५७

नि.नं. 6899 — उत्प्रेषणयुक्त परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ का.जि.का.म.न.पा. वडा नं.२३(प) कि.नं.११८ को जग्गाको रिट निवेदक मोही रही सो जग्गामा कम्पाउण्ड समेत बनाई भोग चलन गर्दै आइरहेको अवस्थामा उक्त घर जग्गा बाँडफाँड गरी पाउँ भनी जग्गा धनीको भूमि सुधार कार्यालयमा परेको निवेदन उपरको कारबाही वदर गराई माग्नका लागि भूमि सम्बन्धी ऐन, २०२१ (चौथो संशोधन) को मोही जग्गा बाँडफाँड सम्बन्धमा भएको व्यवस्थालाई संविधानसँग बाझिएको भन्‍ने आधार लिई प्रस्तुत रिट निवेदन पर्न आएको देखिन्छ । निवेदकले मोहीको हैसियतले भोगचलन गर्दै आएको घर जग्गा जग्गाधनीको निवेदन परेपछि भूमि सुधार कार्यालय काठमाडौंले उक्त घर जग्गा बाँडफाँड गरी दिने निर्णय गरिदिन्छ की भन्‍ने अनुमान गरी परेको निवेदनका सम्बन्धमा विचार गर्दा कुनै अधिकार प्राप्त निकायबाट भविष्यमा गरिने निर्णयले आफूलाई प्रतिकूल असर पर्छ भन्‍ने अनुमान तथा अडकलका आधारमा रिट निवेदन गर्न मिल्ने अवस्था पर्दैन । अधिकार प्राप्त निकायमा कानून बमोजिम दायर रहेको मुद्दामा निवेदकले उठाएका प्रश्‍नहरुमा निर्णय गरिदिँदा असर पर्न जान्छ । निर्णय गर्ने अधिकारीलाई स्वतन्त्र रुपले निर्णय गर्न दिनु पर्ने हुन्छ । रिट सम्बन्धी व्यवस्था अन्य उपचार नभएको अवस्थामा प्रयुक्त हुने हो । अधिकार प्राप्त अधिकारीले कानून बमोजिम नै निर्णय गर्दछन भन्‍ने पूर्वानुमान गर्नुपर्ने हुन्छ । निर्णय त्रुटिपूर्ण ढंगले गरेको छ छैन निर्णय भएपछि सुनुवाई गरिने कुरा हो । तसर्थ भूमि सुधार कार्यालय काठमाडौंबाट निर्णय भै नसकेको विषयलाई लिएर निवेदन परेको देखिँदा प्रस्तुत रिट निवेदन खारेज हुने । (प्र.नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6899
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेश
निर्णय वर्ष / मिति2057/03/15
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल | माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा | माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री
उद्धरण सन्दर्भने.का.प. २०५७, नि.नं. 6899
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्