नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6895 · वि.सं. २०५७

नि.नं. 6895 — अंश दर्ता

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ पुनरावेदक वादीका पति तथा पिता प्रतिवादी नथुनी साहले प्रतिवादी मध्येका मुण्डा साहलाई मिति २०२१।१।१० मा जग्गा बिक्री गर्ने गरी घरसारमा राजिनामाको लिखत गरी दिएको देखिन्छ । सो लिखतलाई पुनरावेदक वादीले जालसाजी हो भनी जिकिर लिएतापनि विशेषज्ञले सद्दे हो भनी दिएको राय समेत देखिन्छ । उक्त लिखत जालसाजी ठहर नभई अन्तिम भईरहेको अवस्था समेतबाट वादीहरुका पति तथा पिता प्रतिवादी नथुनी साहबाट सम्म अंश पाउने भनी फैसला गर्नुपर्नेमा नथुनी साह बाहेकका अन्य सबै प्रतिवादीबाट अंश पाउने गरी गरेको फैसला सो हदसम्म नमिलेको भनी शुरु जिल्ला अदालतको फैसला उल्टी हुने ठहर गरी गरेको पुनरावेदन अदालत जनकपुरको फैसला मुनासिव नै हुँदा सदर हुने । (प्र.नं.१२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6895
मुद्दाको विषयअंश दर्ता
निर्णय वर्ष / मिति2056/05/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा | माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल
उद्धरण सन्दर्भने.का.प. २०५७, नि.नं. 6895
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्