नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6892 · वि.सं. २०५७
नि.नं. 6892 — कर्तव्य ज्यान ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ प्रतिवादी र मृतक बीचमा तत्काल विवाद उठी सोही मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी चोट छोडेको कारण मृत्यु भएको अर्थात आवेश प्रेरित हत्या भन्ने नभई उमालाल र भिमबहादुर बीच कृष्णबहादुरलाई मार्ने वार्ता चली उमालालले श्रीमतीसँगको अनुचित सम्बन्धको पूर्व रिसइवी रहेको कारण मार्नुपर्छ भन्ने अपराधिक मनसायबाट प्रेरित भै रातिको समयमा मस्त निन्द्रामा सुतिरहेको बाबुलाई आग्लोले विभिन्न ठाउँमा चोट छोडी मारी झुण्याएको देखिन आउछ । यसरी पूर्व नियोजित षडयन्त्रबाट बाबुलाई मारी झुण्ड्याएको प्रतिवादीको अपराधको प्रकृति यि प्रतिवादी र मृतकका बीचको नाता सम्बन्ध तथा घटना चक्र समेतबाट अ.वं.को १८८ नं. प्रयोग गर्नुपर्ने अथवा ज्यान सम्बन्धी महलको १४ नं. को अपराध हो भन्न सक्ने अवस्था नहुँदा निजलाई ज्यान सम्बन्धी महलको १३(३) नं. अनुसार सर्वश्वसहित जन्मकैद गर्ने गरेको शुरुको इन्साफ सदर गरेको पुनरावेदन अदालत बुटवलको इन्साफ मिलेकै देखिँदा सदर हुने । (प्र.नं.२७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6892 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान । |
| निर्णय वर्ष / मिति | 2057/01/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य | माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५७, नि.नं. 6892 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
