नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6893 · वि.सं. २०५७
नि.नं. 6893 — मोही लगत कट्टा
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ यसमा मोहीले छोडपत्र गरेकोले मोहीको लगत कट्टा गरी पाउँ भन्ने वादी दावी र छोडपत्र गरेको छैन भन्ने प्रतिवाद भई विवाद परेको देखियो । प्रतिवादीले मोही हक छोड्न मिति २०३०।१२।६ मा निवेदन दिएको र सनाखत गराई पेश गर्नु भन्ने मिति २०३०।१२।२३ मा तोक लागे पश्चात कारबाही चली टुंगो लागेको देखिन प्रमाणित हुन आउदैन । यस सम्बन्धी कानूनी व्यवस्था हेर्दा भूमि सम्बन्धी ऐन, २०२१ को दफा २५ को उपदफा (५) को खण्ड (ख) बमोजिम दर्ता भएको मोहियानी हकको जग्गा मोहीले छाड्न चाहेमा खेतीको याम भन्दा कमसेकम एक महिना अगावै तोकिएको अधिकारी र जग्गावालालाई लिखित सूचना दिनुपर्छ र तोकिएको अधिकारीले सम्बन्धित गा.वि.स. वा नगरपालिकामा समेत बुझी सो छानविन गरी दर्ता किताबमा सच्याइएको सूचना मोहीले प्राप्त गरेपछि मात्र जग्गा छोडेको मानिने छ भन्ने भूमि सम्बन्धी ऐन, २०२१ (संशोधन सहित) को दफा २६ को उपदफा (१) को (क) मा स्पष्ट उल्लेख भएको पाइन्छ । सो बमोजिम गरे भएको नदेखिएको स्थितिमा मोहीले जग्गा छोडेको मान्न मिल्दैन । मोहियानी छोडपत्रको निवेदनबाट गर्नुपर्ने कानून बमोजिमको कारवाही निर्णय भएन भनी निवेदकले कानून बमोजिम उजूरी दिई निर्णय गराउन सकेको पनि देखिदैन । यस स्थितिमा वादी दावी बमोजिम मोही लगत कट्टा गर्न नमिल्ने हुदा मोही लगत कट्टा गर्ने ठहर्याएको शुरुको इन्साफ उल्टी गरेको पुनरावेदन अदालत हेटौडाको फैसला मिलेकै देखिँदा मनासिव ठहर्ने । (प्र.नं.१०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6893 |
|---|---|
| मुद्दाको विषय | मोही लगत कट्टा |
| निर्णय वर्ष / मिति | 2057/03/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय | माननीय न्यायाधीश श्री ज्ञाइन्द्रबहादुर श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५७, नि.नं. 6893 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
