नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6905 · वि.सं. २०५७
नि.नं. 6905 — कुत दिलाई मोही निष्काशन
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ विवादको जग्गा साविकमा कि.नं. ५०१, २४८, ८४८ कायम भै जग्गा धनी बलिरामकुमार भएकोमा वादीहरु बीच २०४४।४।३२ मा अंशवण्डा हुँदा जग्गाहरु पनि छुट्याएको र छुट्याउँदा विभिन्न कित्ता कायम भएको देखियो । भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६ को उपदफा (८) मा मोही भएको जग्गा बेचबिखन, दानदातव्य वा अंशवण्डा भएकोमा सो सम्बन्धी लिखत भएको १५ दिनभित्र जग्गावालाले जुन व्यक्तिलाई सो जग्गा बेचबिखन, दानदातव्य वा अंशवण्डा गरिदिएको हो सो व्यक्तिको नामथर वतन खुलाई मोही र गाउँ विकास समिति वा नगरपालिकालाई सो कुराको सूचना दिनुपर्छ भन्ने प्रष्ट कानूनी व्यवस्था हुँदा हुदैँ वादी जग्गावालाले मोहीलाई उपरोक्त बमोजिमको सूचना दिएको भनी भन्न लेख्न नसकेको अवस्थामा मोहीले आफ्नो कर्तव्य पूरा गरेन भनी भन्नु न्यायोचित नहुने हुँदा मोही निष्काशन गर्ने गरेको शुरु भू.सू.का. रौतहटको निर्णय उल्टी गरेको पुनरावेदन अदालत हेटौडाको फैसला मिलेको देखिँदा सदर हुने । (प्र.नं.१०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6905 |
|---|---|
| मुद्दाको विषय | कुत दिलाई मोही निष्काशन |
| निर्णय वर्ष / मिति | 2056/06/06 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५७, नि.नं. 6905 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
