सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ १९२ / ४४०

नि.नं. 6929वि.सं. २०५७विशेष इजलास

उत्प्रेषण समेत

§ प्रथमतः जग्गा नाप जाँच ऐनको दफा ३(५) को संवैधानिकताको प्रश्‍नतर्फ विचार गर्दा रिट निवेदकले जग्गा नाप जाच ऐन, २०१९ को दफा ३(५) नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११(१)(२) र धारा १७(१)(२) सँग बाझिएको भन्‍ने सम्मको जिकिर लिएको पाइन्छ तर ऐनको उक्त संविधानसँग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6928वि.सं. २०५७पूर्ण इजलास

अंश ।

अंश

§ नाता कायम मुद्दाको लागि आमाको भनाईको महत्व अधिक मात्रामा हुने भए पनि दावीको पुष्ट्‍याई समर्थनको लागि परिस्थितिजन्य प्रमाणहरुको अपरिहार्यता त्यत्तिकै रहेको हुन्छ । प्रस्तुत विवादमा नाता तर्फको दावी प्रमाणित हुने परिस्थितिजन्य प्रमाण छ, छैन त्यसतर्फ अध्ययन गर्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6927वि.सं. २०५७संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

§ मृतक मानबहादुरको मृत्यु भएको भन्‍ने कुरा निजको नाममा मिति ०५४।८।३० मा घरदैलामा टाँस भएको म्यादको व्यहोराबाट देखिन्छ । मिति २०५४।८।३० मा म्याद तामेल भएकोमा सो मितिले ३० दिनभित्र प्रतिउत्तर फिराउनु पर्ने कानूनी व्यवस्था भएको र कावु बाहिरको परिस्थिति परेकोमा अ.…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6926वि.सं. २०५७संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

§ गोरखापत्र संस्थान कर्मचारी सेवा शर्त विनियमावली, २०४७ मा रहेको कानूनी व्यवस्थालाई हेर्दा उक्त विनियमावलीको परिच्छेद ९ मा अवकाश उपदान, संचयकोष, पुरस्कार शीर्षक अन्तर्गत नियम ९.१ मा अवकाश सम्बन्धी व्यवस्था रहेको छ । नियम ९.१ (३) मा २० वर्ष वा सो भन्दा बढी सेवा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6925वि.सं. २०५७संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

§ सार्वजनिक सुरक्षा ऐन, २०४६ को दफा ४(१) उपदफा ३(१) अन्तर्गत कुनै आदेश जारी गर्दा स्थानीय अधिकारीले त्यस्तो आदेश जारी गर्नुपर्ने कारण र आधार खुलाई सो आदेश सम्बन्धित व्यक्तिलाई दिनुपर्नेछ भन्‍ने उल्लेख भएको पाइन्छ । निवेदकलाई दिएको पूर्जिमा सार्वजनिक सुरक्षा ऐन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6924वि.सं. २०५७संयुक्त इजलास

अपुताली हक कायम

§ वादी मर्ने आशाकन्या गुरुङको छोरी भएकोमा र प्रतिवादी बुद्धिमान मर्नेको सौता अन्तरीको छोरा सेते गुरुङको छोरा भएकोले सौताने नाति अर्थात वादीको दाजु सेते गुरुङको छोरा भदा नाताको देखिन्छ । प्रतिवादी बुद्धिमान गुरुङले आफ्नो बाबु सेते गुरुङ जीवित छँदाछदै आफूले मर्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6923वि.सं. २०५७संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

§ मिति २०४५।३।३० को पर्सा जिल्ला अदालतको फैसला अनुसार विवादको कि.नं. ५३ को ०-०-३ र फुसको घरमा प्रत्यर्थी बद्री साह कलवारको पिता बाबुलाल साहुले चलन पाई मिति २०५०।६।१२ मा चलन पूर्जि पाएकोमा चलन हटकगरे भनी निज बाबुलालकै मिति ०५१।७।३ को निवेदनबाट कारवाई चली सो ज.व…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6922वि.सं. २०५७संयुक्त इजलास

दर्ता वदर हक कायम

§ वादीले दर्ता वदर गरी हक कायम गरी पाउँ भनी दुई विषयको दावी लिई फिराद दावी गरेको देखिन्छ । दर्ता वदर तर्फको नालेस नै खारेज हुने स्थितिमा पनि हक कायम तर्फ कोर्टफि रु.१७७०।- राखी हक कायम गरी पाउँ भन्‍ने समेत नालेस परेको स्थितिमा पनि हक कायम तर्फ समेत जो जे बुझी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6921वि.सं. २०५७संयुक्त इजलास

लागु औषध (चरेश)

§ प्रतिवादीहरु उपर लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१) तथा दफा १५ अन्तर्गत माग दावी लिई मुद्दा दायर गरेको देखिन्छ । प्रतिवादी मध्येका राम बहादुर ग्यावा तामाङ्कको घर खानतलासी गर्दा निजको जि.म. हेटौडा नगरपालिका वडा नं. ८ घरबाट २०४५।२।२१ मा ७ किलो चरेश बरा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6920वि.सं. २०५७संयुक्त इजलास

प्रतिपेध परमादेश लगायत अन्य जो चाहिने उपयुक्त आदेश जारी गरी पाउँ ।

§ राज्यको तर्फबाट कानूनको अख्तियार वेगर व्यक्ति तथा नागरिकको संविधानद्बारा प्रत्याभूत मौलिक हकमा आघात पुग्ने गरी कुनै कार्य गर्ने अवस्था हुँदैन । यदि गरिन्छ भने त्यो संविधान सम्मतः हुदैन र वदरभागी हुन्छ । राज्यको दायित्वमा शान्ति र व्यवस्था बनाई राख्‍ने पनि हु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6919वि.सं. २०५७संयुक्त इजलास

अंश ।

अंश

§ प्रतिवादीले मुख्यतः पैतृक सम्पत्ति नभएको र आफूले मोहियानी वापत प्राप्त गरेको जग्गामा वण्डा लाग्ने होइन भन्‍ने जिकिर लिएको पाइन्छ । यी वादी प्रतिवादी दाजु भाई नाताका भई अंशियार भएको कुरामा विवाद नदेखिएको र आपसमा अंश वण्डा भएको प्रमाण पेश नभएको स्थितिमा वादीहर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6918वि.सं. २०५७संयुक्त इजलास

अंश

§ प्रतिवादीका बाजे बनवारी र वादीका बाजे सरजुगको नाममा संयुक्त विलयबन्दी र ७ नं. फारम समेत पेश भएको देखिन्छ । वनवारी र सरजुग धनपतको दुई भाई छोरा भै अंशियार भएकोमा कुनै विवाद देखिदैँन । प्रतिवादीले नै वादी प्रतिवादीहरु बीच कुन सालमा वण्डा भएको हो सो खुलाउन नसकेक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6917वि.सं. २०५७संयुक्त इजलास

जग्गा हक कायम दर्ता नामसारी

§ मिति २०४३।९।२८ को शर्तनामाको लिखतले रजिष्ट्रेशन गराई लिन पाउने सम्मको हक वादीहरुलाई दिएकोमा जग्गाकै हक कायम गरी नामसारी दर्ता समेत गरी दिने ठहर्‍याएको शुरु सर्लाही जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत जनकपुरको इन्साफ मिलेको देखिएन । तसर्थः मिति…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6916वि.सं. २०५७संयुक्त इजलास

अदालतको अवहेलना

§ न्याय सम्पादनको कार्यमा अदालतलाई सहयोग गर्नु सबैको कर्तव्य हुने र मुद्दा मामिलाको रोहमा अदालतले दिएको आदेश वा निर्णयको सबैले पालन गर्नुपर्ने संविधानको धारा ९५ तथा ९६ को प्रावधानको प्रतिकूल सत्तासिन सरकारका महत्वपूर्ण पदाधिकारीहरुको काम कारबाही एमालेकै भातृ स…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6915वि.सं. २०५७पूर्ण इजलास

नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) बमोजिम उत्प्रेषणको आदेश वा अन्य जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ ।

§ रिट निवेदक माथि भ्रष्टाचारको अभियोगमा विशेष प्रहरी विभागले अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरी सोही अभियोगमा विभागले बैंकमा निज उपर विभागीय कारवाहीका लागि लेखि पठाए बमोजिम नै महाप्रबन्धकले विभागीय कारबाही गरेको कुरामा विवाद देखिदैँन । जहाँसम्म भ्रष्टाचार मु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6914वि.सं. २०५७विशेष इजलास

उत्प्रेषण समेत

§ अदालतको फैसला अन्तर्गत सजाय पाई कारागारमा रहेका कैदीहरु मध्ये शिक्षितलाई क श्रेणीमा र अशिक्षितलाई ख श्रेणीमा राख्‍नु सरसर्ती हेर्दा नै मुनासिव देखिदैँन । जसरी कानूनले शिक्षित अशिक्षित भन्‍ने आधारमा नभै व्यक्तिको कसूरको आधारमा सजाय निर्धारण गर्दछ त्यसरी नै सज…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6913वि.सं. २०५७विशेष इजलास

उत्प्रेषणयुक्त परमादेश

§ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूलाई संविधान एवं कानून प्राप्त अधिकार क्षेत्र भन्दा बाहिर गई आफूलाई सुनुवाईको मौका समेत प्रदान नगरी नियुक्ति वदर गर्न लेखी पठाएको आधारमा शाही औषधी लिमिटेडको संचालक समितिबाट निर्णय गरी आफ्नो नियुक्ति वदर गरी अवकाश दिएको का…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6912वि.सं. २०५७विशेष इजलास

संविधानसँग बाझिएको कानून अमान्य र वदर घोषित गरी

§ निवेदकले संविधानको उल्लेखित धारा ११, १२(२)(ङ) र २५(१) को व्यवस्थासँग उल्लेखित ऐनको दफा २(घ) १६, २० कसरी बाझियो र निवेदकको संविधानद्बारा प्रदत्त वा कानूनद्बारा प्रदत्त कुन हकमा अनुचित बन्देज लगाएको हो सो खुल्न सकेको पाइदैँन । समानता सम्बन्धी कुरा समानहरुका बी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6911वि.सं. २०५७एक न्यायाधीशको इजलास

उत्प्रेषण प्रतिषेध लगायत उपयुक्त आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ

§ प्रतिनिधिसभा सदस्यको लागि झापा जिल्ला क्षेत्र नं. ४ मा मिति २०५६।२।३ मा भएको निर्वाचनका सन्दर्भमा पुनः मतगणना गरी पाउँ भन्‍ने उजूरी परी उक्त उजूरीमा कारवाही र किनारा गर्ने सिलसिलामा निर्वाचन विशेष अदालत इलामबाट २०५७।४।२ मा आदेश भएको देखिन्छ । निर्वाचन सम्बन्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6910वि.सं. २०५७संयुक्त इजलास

बाली भराई मोही निष्काशन

§ यी पुनरावेदकले पुनरावेदन अदालत राजविराजमा लिखित प्रतिवाद वादी दावीको जग्गा भिट अवल भएकोले मकै मुख्य बाली हो । दावीको ०-३-१४ जग्गाको जम्मा मन १-२४-० बुझाउनु पर्ने भै सोको हुने मोल रु.४३२।- समयमै धरौट राखेको छु भन्‍ने जिकिर लिएको तर्फ हेर्दा जग्गा धनी शान्ति क…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6909वि.सं. २०५७संयुक्त इजलास

कर्तव्य ज्यान

§ मिति २०४९।८।७ गते बिहान छोरा महादेवस्थान गा.वि.स.मा सतविज छर्ने जात्रा हेर्न गएकोमा छोरा लालकाजीलाई मलाङगाई भन्‍ने लालबहादुर र साईला भन्‍ने सार्कीमानले छुरी प्रहार गरी मारेकोले कारबाही गरी पाउँ भन्‍ने किटानी जाहेरी परेको देखिन्छ । रगत लागेको छुरी र हिलो लागे…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6908वि.सं. २०५७संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

§ यसमा म निवेदक लगायत शैक्षिक विशिष्टता प्राप्त गरेका वरिष्ठ शिक्षकहरु हुँदा हुदैँ शैक्षिक विशिष्टता र वरियता नरहेको कनिष्ट उप-प्राध्यापक प्रत्यर्थी विष्णु प्रसाद पोखरेललाई क्याम्पस प्रमुख पदमा मिति ०५४।८।२३ मा नियुक्ति गरिएको, वरिष्ठ माथि कनिष्ठको शासन जस्ता…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6907वि.सं. २०५७संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

§ निवेदक कम्पनीको पाँचौ वार्षिक साधारणसभाले कम्पनीको नियमावलीको दफा ३३(२)(क) र ३३(२)(ख) मा संशोधन प्रस्ताव पास गरी सो संशोधन स्वीकृत गराउन माग गरेको देखिन्छ । कम्पनी ऐन, २०२१ को दफा १३ को प्रतिबन्धात्मक वाक्याशंमा दफा ९ को उपदफा (२) बमोजिमको कुनै सम्झौता सम्बन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6906वि.सं. २०५७संयुक्त इजलास

मोही नामसारी

§ विवादीत कि.नं. ३८२ को जग्गामा डोमी सरदार मोही भएकोमा कुनै विवाद देखिदैँन । डोमी सरदारको ०४२ सालमा मृत्यु भएपश्‍चात निजका छोरा वादी रेशम लालले विभिन्‍न सालको बाली जग्गाधनीलाई बुझाई भर्पाई प्राप्त गरेको र अ.वं. ७८ नं. बमोजिम बयान हुँद समेत जग्गा धनीले पेश भएका…

नजिर सार पढ्नुहोस् →