नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6921 · वि.सं. २०५७
नि.नं. 6921 — लागु औषध (चरेश)
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ प्रतिवादीहरु उपर लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१) तथा दफा १५ अन्तर्गत माग दावी लिई मुद्दा दायर गरेको देखिन्छ । प्रतिवादी मध्येका राम बहादुर ग्यावा तामाङ्कको घर खानतलासी गर्दा निजको जि.म. हेटौडा नगरपालिका वडा नं. ८ घरबाट २०४५।२।२१ मा ७ किलो चरेश बरामद भएकोमा उक्त घर समेत अपराधिक मालवस्तु संचय गर्ने थलोको रुपमा प्रयोग गरिएको सो समेत लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १५ बमोजिम जफत गरी प्रतिवादीलाई ऐन बमोजिम सजाय गरी पाउन प्रहरी प्रतिवेदन परेकोमा शुरु जिल्ला अदालतले प्रतिवादीहरुले आरोपित कसूर गरेको ठहर्याई निजहरुलाई कैद जरिवाना समेत गरी घर जफत तर्फको दावीमा प्रतिवादीको घर मकवानपुर जिल्लामा अवस्थित रहेको, सो पर्सा जिल्ला अदालतको क्षेत्राधिकार भित्र नपर्ने भनी घरतर्फ सम्बन्धित क्षेत्राधिकार रहेको अदालतमा मुद्दा गर्न जानु भनी वादी पक्षलाई जानकारी दिने समेत ठहर्छ भन्ने फैसलालाई पुनरावेदन अदालत हेटौडाले सदर गरे उपर वादी पक्षको यस अदालतमा दोहोर्याई पाउने निवेदन परी निस्सा समेत प्रदान भई पेश हुन आएको पाइयो । मुलुकी ऐन, अ.वं. २९ नं. को देहाय दफा ३ मा यसै दफाको देहाय दफा (२) मा लेखिए बाहेक अरु फौज्दारी मुद्दा अपराध भएका इलाका वा प्रतिवादी रहेको इलाकाको अड्डा मध्ये जहाँ फिराद दिन्छ सोही अड्डाबाट हेर्नुपर्छ भन्ने स्पष्ट व्यवस्था हुँदा हुदैँ एकै मुद्दामा केही कुरा बाँकी राखी फैसला गरेको अ.वं. १९२ नं. को त्रुटि गरेको देखिएकोले शुरु पर्सा जिल्ला अदालतको मिति ०४७।१।९ गतेको फैसला र सो फैसलालाई सदर गरेको पुनरावेदन अदालत, हेटौडाको मिति ०५१।१।१४ गतेको समेत दुवै फैसलाहरु वदर गरी दिएको छ, अब जे जो बुझ्नु पर्ने बुझी कानून बमोजिम फैसला गर्नु भनी तारेखमा रहेका प्रतिवादीलाई तारेख तोकी शुरु मिसिल पर्सा जिल्ला अदालतमा पठाई दिने । (प्र.नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6921 |
|---|---|
| मुद्दाको विषय | लागु औषध (चरेश) |
| निर्णय वर्ष / मिति | 2057/02/26 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री टोपबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५७, नि.नं. 6921 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
