नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6919 · वि.सं. २०५७
नि.नं. 6919 — अंश ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ प्रतिवादीले मुख्यतः पैतृक सम्पत्ति नभएको र आफूले मोहियानी वापत प्राप्त गरेको जग्गामा वण्डा लाग्ने होइन भन्ने जिकिर लिएको पाइन्छ । यी वादी प्रतिवादी दाजु भाई नाताका भई अंशियार भएको कुरामा विवाद नदेखिएको र आपसमा अंश वण्डा भएको प्रमाण पेश नभएको स्थितिमा वादीहरुले अंशपाउने नै देखिन्छ । तर निजी आर्जनको सम्पत्तिमा वण्डा लाग्ने होइन भन्ने पुनरावेदन जिकिरतर्फ हेर्दा यी प्रतिवादी ललित लोनियाले खतिरा मुसलमान्नीको जग्गा मोहीको हैसियतले जोतेको र जग्गा धनीले सो जग्गा अरुलाई राजिनामा गरी दिएपछि मुद्दा परी मिलापत्रबाट प्रतिवादी ललित लोनियाले जग्गा प्राप्त गरेको भन्ने मिसिलबाट देखिन्छ । यसरी आफ्नै प्रयासमा मोहीमा जग्गा कमाई सो वापत नै जग्गामा हक हुन आई जग्गा धनी प्रमाणपूर्जा प्राप्त गरेको अवस्थामा त्यस्तो जग्गानिजी श्रम सीपबाट नै प्राप्त गरेको मान्नु पर्ने हुँदा वण्डा लाग्ने स्थिति देखिएन । अतः मोही हक वापत प्राप्त जग्गामा समेत वण्डा लाग्ने ठहराई भएको पुनरावेदन अदालत बुटवलको मिति २०५३।४।२८ को फैसला केही उल्टी हुने । (प्र.नं.१४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6919 |
|---|---|
| मुद्दाको विषय | अंश । |
| निर्णय वर्ष / मिति | 2056/11/30 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री टोपबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५७, नि.नं. 6919 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
