नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6928 · वि.सं. २०५७
नि.नं. 6928 — अंश ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ नाता कायम मुद्दाको लागि आमाको भनाईको महत्व अधिक मात्रामा हुने भए पनि दावीको पुष्ट्याई समर्थनको लागि परिस्थितिजन्य प्रमाणहरुको अपरिहार्यता त्यत्तिकै रहेको हुन्छ । प्रस्तुत विवादमा नाता तर्फको दावी प्रमाणित हुने परिस्थितिजन्य प्रमाण छ, छैन त्यसतर्फ अध्ययन गर्दा प्रतिवादीको प्रतिउत्तर जिकिर, निज तर्फका साक्षीको बकपत्र र प्रतिवादी स्वयंको बयानबाट वादी दावीलाई पूर्णरुपमा इन्कार गरिनुका साथै यी वादी काजी थारुको छोरा हो भन्ने जिकर लिएको पाइन्छ । सो को लागि यी वादी काजी थारुको छोरा चन्द्रलाल भन्ने व्यक्ति हुन, राधी थरुनीसँग करणी लिनु दिनु गरेको अवस्था नरहेको भन्ने भनाई रहेको पाइन्छ । यस कुराको पुष्टीको लागि काजी थारुको जेठो छोरा रसिलाल भन्ने रीसमान थारुको नाम जानी-जानी लोप गराएको, २०३४ सालमा आएको नागरिकता टोलीमा निजको नाम छुटेको, जोग्या, चन्द्रलाल, काले समेतका नाम टोलीमा लेखिएको, आफु नै चन्द्रलाल भएकोमा चन्द्रलली भन्ने दोश्रो व्यक्ति देखाई आफूलाई चन्द्रप्रसादको नामबाट प्रस्तुत गरेको भन्ने प्रतिवाद गरी काजी थारुको ४ वटा छोरा भएको र एकजनाको नाम नागरिकता टोलीमा नदेखाइएको र यी चन्द्र प्रसाद, चन्द्रलाल नै हो र निज चन्द्रलाल काजी थारुको छोरा हो भन्ने जिकिर लिएको फिरादपत्रमा देखिन आउँछ भने नातातर्फ बयान गर्दा प्रतिवादीको वारेसले काजी थारु र राधी थारुको ५ जना छोराहरु रिसलुवा, जोगिया, कालु, चन्द्रलली भन्ने चन्द्र प्रसाद र नाम थाहा नभएको कान्छो भन्ने भई निजका साथी मेघराज रेग्मी समेतले बकपत्रमा ५ भाई छोरा रहेको उल्लेख गरेका छन् । अर्कोतर्फ वादीले बयान गर्दा कालु, जोग्या र चन्द्रलली ३ भाई छोरा काजी थारुको देखाई वादीलाई लोकराजको छोरा देखाएको छ भने वादीका साक्षी लक्ष्मण रेग्मी समेतले वादी बाहेक तीनभाई छोराहरु काजी थारुको रहेको उल्लेख गरेको पाइएबाट काजी थारुको यी चन्द्र प्रसाद बाहेक अरु तीन भाई छोरा रहेको भन्नेमा वादी कथन एकरुपले पुष्टी भएको देखिन्छ भने प्रतिवादीको प्रतिउत्तर लेख अनुरुप बयान र निजका साक्षीहरुको भनाई एकरुपको नभई परस्परमा, बाझिएको देखिन आउँछ । अर्कोतिर वादी प्रतिवादीले उल्लेख गरेको इजलास समक्ष प्रस्तुत हुन आएको नागरिकता प्रमाणपत्रको प्रतिलिपीबाट चन्द्रलली (काजी थारुका छोरा) ले नागरिकता प्रमाणपत्र लिईसकेको पाइन्छ भने यी वादीले हालसम्म नागरिकताको प्रमाणपत्र नलिएको भन्ने निजको कागजबाट देखिएकोलाई अन्यथा भन्न सकिने अवस्था फिराद लेख बाहेक अन्य प्रमाणबाट देखिदैँन भने झिकाई आएको स्थायी नागरिकता वितरण गरेको विवरणको प्रतिलिपीबाट काजी थारुका ३ छोरा कालु, चन्द्रलली र जोग्याले स्थायी नागरिकता प्रमाणपत्र लिएको अवस्था समेत देखिन आएबाट यी चन्द्र प्रसाद, चन्द्रलाल वा चन्द्रलली भन्ने व्यक्ति नै हुन भन्न सकिने फिराद लेख बाहेक अन्य प्रमाणबाट देखिदैँन । यदि प्रतिवादीले फिरादमा भने झै चन्द्रलाल भन्ने व्यक्ति नै चन्द्रप्रसादलाई मान्ने हो भने काजी थारुको छोराको संख्या ५ वा ४ रहेको अवस्था देखिदैँन । अर्कोतिर यी वादीले प्रतिवादी नै बाबु हुन भनी नभएको कुरा दावी गर्नु अवस्था के पर्यो र किन झुट्टा दावी गरे भन्ने आधार प्रतिवादीले खुलाउन सकेको देखिदैँन । राधी थरुनी र यी वादी प्रतिवादी एकै गा.वि.स.मा बस्ने चिनजानका व्यक्ति रहे भएकोमा विवाद छैन । प्रतिवादी लोकराज र राधी थरुनी चिनजान भेटघाट भईरहेका व्यक्ति भन्ने देखिन्छन । काजी थारु र राधीबाट अरु छोराछोरीको जायजन्म भएको अवस्था समेत रहेकोमा अरुलाई छोडी यी वादी नै प्रतिवादी लोकराज रेग्मीको छोरा हो भनी नामाकरण गर्नुपर्ने अन्य कारण देखिन आउदैँन र सो कुरा प्रतिवादीले देखाउन सकेको पनि छैन । राधी थारु, काजी थारुले समेत अदालतमा आई २५ सालतिर राधी थारु लोकराजसँग पोइल गएको र चन्द्रप्रसाद त्यतिबेला लोकराजको करणी वीर्यबाट जन्मिएको भनी बयान गरेको र सोही मिलानको कागज गा.वि.स.मा समेत राधी थरुनीले गरिदिएको पाइन्छ । § यसरी राधी थरुनी, काजी थारु, वादीका साक्षीहरुको एकरुपको भनाई गा.वि.स.मा भएको कागज, प्रतिवादी लोकराज र राधी थरुनीको सन्निकटता समेतका एकरुपताको प्रमाणको आधारबाट लोकराज रेग्मीकै करणी वीर्यबाट वादी चन्द्रप्रसादको जन्म भएको हो भन्ने यी वादी र राधी थरुनीको भनाई अन्य प्रमाण र परिस्थितिजन्म प्रमाणबाट समर्थित भई रहेको अवस्था हुँदा वादी चन्द्रप्रसाद प्रतिवादी लोकराजकै छोरा नाताको व्यक्ति ठहर्छ । § माथि प्रकरण (१) को विवेचनाबाट पुनरावेदक वादी प्रत्यर्थी प्रतिवादी लोकराज रेग्मीको छोरा देखिन आएबाट यी वादीले प्रतिवादीबाट अंश पाउने नै देखिन आयो । वादी समेत ८ अंशियारा देखिन आएकोले प्रतिवादी लोकराजले मिति ०४७।९।६ मा आफूसँग रहेको वण्डा लाग्ने भनी उल्लेख गरी दिएको तायदाती बमोजिम ऋणका हकमा पछि ठहरे बमोजिम हुने नै हुँदा सो तायदातीको सम्पत्ति मध्येबाट यी वादीले ८ भागको १ भाग अंश प्रतिवादी लोकराजबाट पाउने नै देखिँदा वादी र प्रतिवादी बीच बाबु छोराको नाता कायम भै दावी बमोजिम अंश पाउने ठहर्याई शुरु सदर गरेको पुनरावेदन अदालत नेपालगञ्जको फैसला उल्टी हुने ठहर्याएको माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझीको राय मनासिव ठहर्ने । (प्र.नं.१८-२०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6928 |
|---|---|
| मुद्दाको विषय | अंश । |
| निर्णय वर्ष / मिति | 2057/03/23 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा | माननीय न्यायाधीश श्री ज्ञाइन्द्रबहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री कृष्णजं | माननीय न्यायाधीश श्री उदयराज उपाध्यायको रायसँग सहमत नहुँदा सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझीको राय । | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझीको रायसँग असहमत भएकोले सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री उदयराज उपाध्यायको रायसहितको यस अदालत संयुक्त इजलासको मिति २०५४।११।२२ को फैसला । | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझीको राय सदर हुनुपर्दछ भन्ने समेत व्यहोराको बहस जिकिर प्रस्तुत गर्नुभयो । प्रत्य | माननीय न्यायाधीश श्री उदयराज उपाध्यायको राय सदर हुनुपर्दछ भन्ने समेत व्यहोराको बहस जिकिर प्रस्तुत गर्नुभयो । | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझीले दयानिधि गोल्ने विरुद्ध मंगल कुमारीको मुद्दामा प्रतिपादित ने | माननीय न्यायाधीश श्री उदयराज उपाध्यायले ने | माननीय न्यायाधीश श्री उदयराज उपाध्यायको राय मिलेकै हुँदा बहुमतको रायसँग सहमत हुन नसकेकोले यो छुट्टै राय पेश गरेको छु । नियमानुसार गरी मिसिल बुझाइदिनु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५७, नि.नं. 6928 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
