नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6906 · वि.सं. २०५७

नि.नं. 6906 — मोही नामसारी

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ विवादीत कि.नं. ३८२ को जग्गामा डोमी सरदार मोही भएकोमा कुनै विवाद देखिदैँन । डोमी सरदारको ०४२ सालमा मृत्यु भएपश्‍चात निजका छोरा वादी रेशम लालले विभिन्‍न सालको बाली जग्गाधनीलाई बुझाई भर्पाई प्राप्त गरेको र अ.वं. ७८ नं. बमोजिम बयान हुँद समेत जग्गा धनीले पेश भएका भर्पाईहरु सद्दे साँचो भनी बयान गरेको पाइन्छ । यसरी कानून बमोजिम जग्गाधनीलाई बुझाउनु पर्ने कुत बुझाई आएको अवस्थामा पुनरावेदक प्रतिवादीले मोही नपत्याएको भन्‍न मिल्ने अवस्था देखिन आएन । यस अतिरिक्त मृतक डोमी सरदारको अर्को छोरा सबुरीले नामसारी सम्बन्धमा गरेको दावी डिसमिस भएको र निजको मृत्यु समेत भैसकेको परिप्रेक्ष्यमा वादी बाहेक मृतक डोमीको अन्य छोरा भएको नदेखिँदा भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम निजलाई मोही कायम हुन नमिल्ने भन्‍न नमिल्ने । (प्र.नं.१२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6906
मुद्दाको विषयमोही नामसारी
निर्णय वर्ष / मिति2056/01/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल
उद्धरण सन्दर्भने.का.प. २०५७, नि.नं. 6906
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्