नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6924 · वि.सं. २०५७
नि.नं. 6924 — अपुताली हक कायम
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ वादी मर्ने आशाकन्या गुरुङको छोरी भएकोमा र प्रतिवादी बुद्धिमान मर्नेको सौता अन्तरीको छोरा सेते गुरुङको छोरा भएकोले सौताने नाति अर्थात वादीको दाजु सेते गुरुङको छोरा भदा नाताको देखिन्छ । प्रतिवादी बुद्धिमान गुरुङले आफ्नो बाबु सेते गुरुङ जीवित छँदाछदै आफूले मर्नेको अपुताली पाउन नसक्ने हकदार नै नभैसकेको स्थितिमा नामसारी गराउन निवेदन दिएको छ । अपुतालीको २ नं. मा मर्नेको लोग्ने, स्वास्नी, छोरा वा छोराको छोरा भएसम्म छोरीले अपुताली पाउदैन । त्यस्ता कोही नभएमा छोरीले अपुताली पाउँछ भन्ने उल्लेख भएको र त्यसको व्याख्या ने.का.प. २०५३ नि.नं. ६२६२, पृ.६९७ मा गरिए अनुसार मर्नेको भन्ने उल्लेख भएकोबाट मर्ने स्वयंको गर्भबाट जन्मेको छोरा भएमा मात्र छोरीको अपुताली पाउने क्रम छोरा भन्दा टाढा रहने अवस्था पर्दछ । त्यस्तो एकाउदरको छोरा नभएमा एकाउदरबाट जन्मेको छोरीले अपुताली पाउने हुन्छ । तसर्थ पुनरावेदन अदालत पोखराले वादी दावी बमोजिम मालपोत कार्यालय गोरखाको निर्णय पर्चा वदर गरी वादीका नाउँमा विवादित जग्गाको नामसारी दर्ता समेत हुने ठहर्याएको निर्णय मिलेकै हुँदा मनासिव ठहर्ने । (प्र.नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6924 |
|---|---|
| मुद्दाको विषय | अपुताली हक कायम |
| निर्णय वर्ष / मिति | 2056/08/25 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५७, नि.नं. 6924 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
