नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6918 · वि.सं. २०५७
नि.नं. 6918 — अंश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ प्रतिवादीका बाजे बनवारी र वादीका बाजे सरजुगको नाममा संयुक्त विलयबन्दी र ७ नं. फारम समेत पेश भएको देखिन्छ । वनवारी र सरजुग धनपतको दुई भाई छोरा भै अंशियार भएकोमा कुनै विवाद देखिदैँन । प्रतिवादीले नै वादी प्रतिवादीहरु बीच कुन सालमा वण्डा भएको हो सो खुलाउन नसकेको र अंशवण्डाको कुनै लिखत प्रमाण नभएको स्थितिमा प्रतिवादीका बाबु रामदेव र वादीका बाबु बोएलालको नाममा बेग्ला बेग्लै जग्गाको विलयबन्दी र ७ नं. फाराम समेत दाखिल भएकोलाई नै अंश पाई छुटेको व्यवहार प्रमाण मान्न मिल्ने देखिदैँन । वनवारी र सरजुगको नाममा संयुक्त विलयबन्दी र ७ नं. फाराम दाखिल भएको जग्गा मध्ये कुनै पनि जग्गा वादी तर्फ दर्ता नामसारी सरेको देखिन नआएकोले रामदेव र बोएलालको नाउँमा बेग्लै जग्गाको बेग्ला बेग्लै विलयबन्दी र निजहरुको नाममा ७ नं. फाराम समेत दाखिल भएको कारणले भाग शान्ति बमोजिम अंश पाइसकेको भन्न नमिल्ने हुँदा पुनरावेदन अदालतले वादीले दावी बमोजिम अंश पाउने ठहर्याएको इन्साफ मनासिव ठहर्ने । (प्र.नं.११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6918 |
|---|---|
| मुद्दाको विषय | अंश |
| निर्णय वर्ष / मिति | 2057/03/26 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री केदारनाथ आचार्य |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५७, नि.नं. 6918 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
