नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6923 · वि.सं. २०५७
नि.नं. 6923 — उत्प्रेषणयुक्त परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मिति २०४५।३।३० को पर्सा जिल्ला अदालतको फैसला अनुसार विवादको कि.नं. ५३ को ०-०-३ र फुसको घरमा प्रत्यर्थी बद्री साह कलवारको पिता बाबुलाल साहुले चलन पाई मिति २०५०।६।१२ मा चलन पूर्जि पाएकोमा चलन हटकगरे भनी निज बाबुलालकै मिति ०५१।७।३ को निवेदनबाट कारवाई चली सो ज.वि. ०-०-३ जग्गामा घर बनाई चलन हटक गरेको भन्दै सो जग्गामा भएको पुरानो घर र नया बनाएको घर समेतमा वादीले चलन पाउने भनी मिति २०५३।६।११ मा पर्सा जिल्ला अदालतबाट आदेश भएको र सो आदेश उपर अ.वं.१७ नं. अन्तर्गत निवेदन पर्दा सोही निर्णय सदर हुने गरी पुनरावेदन अदालत हेटौडाबाट मिति २०५३।१०।११ मा आदेश भएको देखिन्छ । यस सम्बन्धी कानूनी व्यवस्था हेर्दा एक पटक चलन चलाई दिएकोमा चलन नछाडी खिचोला गरेमा खिचोला गरेको पटकै पिच्छे एक हजार समम जरिवाना वा एक महिना सम्म कैद गरी अघि चलन चलाई दिएको सम्पत्तिमा फैसला बमोजिम फेरी चलन चलाई दिनुपर्छ सो बमोजिम चलन पाउन फेरि नालिस गरिरहनु पर्दैन दरखास्तबाटै चलन चलाई दिनुपर्छ र त्यस्तोमा चलन चलाई दिए वापत दस्तुर बुझाई रहनु पर्दैन भन्ने दण्ड सजायको ४३(५) नं. मा उल्लेख भएको पाइन्छ । फैसलाले चलन पाउने नभनेको नयाँ घरको सम्बन्धमा समेत चलन चलाई दिएको उक्त कानूनी व्यवस्थाबाट समेत कानून सम्मत नदेखिने । (प्र.नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6923 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेश |
| निर्णय वर्ष / मिति | 2056/06/11 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय | माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५७, नि.नं. 6923 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
