नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6889 · वि.सं. २०५७
नि.नं. 6889 — हक कायम
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ दावीको जग्गामा वादीको घरबास रहेको भन्ने सम्म देखिन्छ । विवादित जग्गा आफ्नो हक दर्ताको भएको र उक्त जग्गाको तिरोभरो समेत गरी आएको भनी वादीले दावी लिन नसकेको तथा प्रतिवादीको बाबु मंगल यादवको नाम दर्तामा रही तिरो भरो गरी निजको मृत्यु पश्चात निजका छोरा प्रतिवादीहरुले हक भोग चलन गरी आएको कुरालाई वादीले खण्डन गर्न नसकेको समेत देखिन आउँछ । यस स्थितिमा विवादित जग्गामा हक दर्ता र तिरो भरो सम्बन्धी सुस्पष्ट प्रमाणको अभावमा केवल घरवास रहेभएको भनी वादीको हक कायम गरी दर्ता समेत हुने ठहर गरेको शुरुको इन्साफलाई उल्टी गरी विवादित जग्गामा वादी दावी नपुग्ने ठहर गरेको पुनरावेदन अदालत विराटनगरको इन्साफ मिलेकै देखिँदा सदर हुने । (प्र.नं.१०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6889 |
|---|---|
| मुद्दाको विषय | हक कायम |
| निर्णय वर्ष / मिति | 2056/06/20 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५७, नि.नं. 6889 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
