नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6882 · वि.सं. २०५७
नि.नं. 6882 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ निवेदकले नदीले छाडेको गुठी जग्गा दर्ता गरी पाउँ भनी राजिनामा लगायतका प्रमाण दिई विपक्षी गुठी तहसिल कार्यालयमा निवेदन दिएकोमा गुठी संस्थान कार्य व्यवस्था विनियम, २०४९ को विनियम १०ज र श्री ५ को सरकारको मिति २०५१।१०।२३ को निर्णयको दफा ३ अनुसार निवेदकको नाममा दर्ता गर्न नमिल्ने गुठी तैनाथी कायम गर्ने तर्फ कारबाही गर्ने भन्ने निर्णय गरेको देखियो । दर्तावालाको नाम कट्टा भईसकेको गुठानी रैतानी नम्बरी जग्गा र गुठी तैनाथी जग्गा नदी काट भै उकास भएको जग्गा संस्थानको नाममा तैनाथी जग्गाको रुपमा दर्ता गरिने छ भन्ने निर्णयमा उल्लेख भएपनि दर्तावालाको लगत कट्टा गरेको अवस्था नभई २०२९ सालसम्म तिरो निवेदक तर्फबाट तिरेको गोकर्णेश्वर पंचामृत गुठी ५, ५/१ लगत कायम रहेको भन्ने निवेदकको भनाई देखिँदा सो बमोजिम जग्गा हो, होइन गुठीको मोठ लगायतका सम्बद्ध जो बुझ्नु पर्ने प्रमाणहरु समेत बुझी निर्णय गर्नुपर्नेमा सो बमोजिम नगरी गरेको निर्णय त्रुटीपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्बारा विपक्षी गुठी तहसिल कार्यालयको मिति २०५२।८।२१ को निर्णय वदर गरिदिएको छ । अब कानून बमोजिम निवेदकले दिएको र त्यस गुठीमा भएका प्रमाणहरु समेतको आधारमा निवेदकहरुको परेको निवेदनमा पुनः कानून बमोजिम निर्णय गर्नु भनी विपक्षीहरुका नाउँमा परमादेशको आदेश जारी हुने । (प्र.नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6882 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2057/01/29 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री अरबिन्दनाथ आचार्य | माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५७, नि.नं. 6882 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
