नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6887 · वि.सं. २०५७
नि.नं. 6887 — अंश दर्ता
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ वादीका पति एवं पिता समेत वादी, राम लखन समेत प्रतिवादी भएको २०३७ सालको दे.नं. ७७४ को मुद्दामा वादी प्रतिवादीका बीच अंशवण्डा हुने ठहर भै फैसला भएपनि फैसला अनुरुप रीतपूर्वकको वण्डा मुचुल्का भै अंश छुट्याउने कार्य भएको पाइदैन । २०३७ सालको मुद्दामा ०३७।११।८ मा मानो छुट्टिएको मिति कायम भएतापनि २०३७ सालको दे.नं. ७७४ को मुद्दामा भएको फैसला पश्चात बाबु आमा अलग बसी सम्पत्ति बबुको नाममा रही चारैजना छोराहरु पुनः एकासगोलमा रहेको भएको भन्ने कुरा विन्देश्वर यादवको प्रतिउत्तर लेखबाट देखिन आएको पाइन्छ । प्रस्तुत मुद्दाका प्रतिवादी अर्थात अंशियार मध्येकै विन्देश्वर यादवले २०३७ सालको दे.नं. ७७४ को अंश मुद्दामा भएको फैसला पश्चात बाबु आमा अलग अलग बसी दाजु भाईहरु एकासगोलमा बसी आएको र सम्पूर्ण सम्पत्ति बाबुकै जिम्मामा रहेको भन्ने उल्लेख गरी दिएबाट वादी गुलाब देवीले (२०३७ सालको) दे.नं. ७७४ को मुद्दामा मिति २०३९।११।२४ मा प्रस्तुत गरेको तायदातीबाट ७ खण्डको १ खण्ड र प्रस्तुत मुद्दामा ०४८।१२।१४ मा पेश भएको तायदातीबाट ४ खण्डको १ खण्ड अंश पाउने ठहर गरी पुनरावेदन अदालत जनकपुरबाट मिति २०५१।८।२० मा भएको फैसला मिलेकै देखिँदा सदर हुने । (प्र.नं.१७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6887 |
|---|---|
| मुद्दाको विषय | अंश दर्ता |
| निर्णय वर्ष / मिति | 2056/05/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५७, नि.नं. 6887 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
