नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6883 · वि.सं. २०५७

नि.नं. 6883 — कर्तव्य ज्यान ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ समष्टिगत प्रमाणको मूल्यांकन गर्दा मोहमद रजाक हुसेनका बयान व्यहोरा मिलानकै जाहेरी परेको र निज महमद रजाक हुसेनले अदालत समक्ष बकपत्र गर्दा रोक भन्‍ने आवाज आयो, १५,१६ जना आई तिन तर्फबाट घेरे भनी भनेपछि जीरह हुँदा चारैतिरबाट घेरेको, गोलीको आवाज सुनेकोले निजहरुले नै मारेको सम्झेको, कहिले बसिरहेको, कहिले आली मुनी लुकी टाउको माथि निकाली रहेको भनी आफ्नो भनाई व्यहोरामा फरक पारी बकपत्र गरेको पाइन्छ । सर्जमिनका मानिस जसले मोटरसाईकलको उज्यालो, टर्चको उज्यालो, जुनेलीरात हुँदा जुनको उज्यालोले देखेको भनी मृतकलाई घेराउ गर्ने भनिएका प्रतिवादीहरुको संख्या कसैले ९।१० जना कसैले १५।१६ जना कसैले बन्दुक बोकेको व्यक्ति फलानो, फलानो कसैले हातमा बन्दुक थियो कि लाठी थियो भन्‍न सक्दिन, आफू खेतमा काम गरिरहेको, दिशा गर्न आएको, चारैतिरबाट घेरेको तिनतिरबाट घेरेको, लाम लागेर घरेको भन्‍ने भनाईबाट एकातिर विवरणहरु तथ्यसंगत नभई फरक-फरक परी रहेको देखिन्छ भने अर्कोतर्फ अस्पष्ट देखिन्छ । सर्जमिनका मानिसहरु मध्ये पनि कसैले ४।५ जना कसैले ९।१० जना, कसैले ७।८ जना व्यक्तिहरु मिली बुधनलाई मारेको भनेको पाइन्छ (देवी महतो, धुरन्धर, विश्‍वनाथ समेतको सर्जमिनको व्यहोराबाट देखिने) भने कसैले मारेको थाहा छैन भनी राजेन्द्र गोसाई, राम कैलाश कानू समेतका व्यक्तिहरुले र महमद रजाकको हातमा बन्दुक देखेकोले बुधनलाई रजाकले नै गोली हानी मारेकोमा पूर्ण शंका लाग्छ भन्‍ने इन्द्रप्रसाद, झापस महतो धानुक, मेधु राउत अहिर, रंगे महतो नुनिया समेतले व्यक्त गरेको पाइन्छ । यसबाट सर्जमिनका मानिसहरुले आ आफ्नो देखे जानेका कुरा वस्तुनिष्ठ तवरले तथ्यगत आधारमा व्यक्त गर्न सकेको अवस्था देखिदैँन । त्यसैगरी निज बुधनलाई मार्नुपर्ने कारणमा वैजनाथले रजाक मियासँग दुश्‍मनी रहेको बुधनप्रसाद निज रजाकको पक्षमा भएकोले भनेको भनेपनि कैलाश र वैजनाथको कागजबाट बुधनसँग दुष्मनी हुनु भनी देखाइएको छ भने वारदात स्थलमा एकलाख माग्दा नदिएकोले बुधनलाई मारेको भन्‍ने भनाई रहेको पाइन्छ । अर्कातिर बुधनलाई मार्न रु.सात हजार दिने गरी पक्‍का पक्‍की भएको भन्‍ने अवस्था पनि देखाइएको छ । यसबाट मार्नपर्ने कारण के हो र ? यी प्रतिवादीहरुले नै मारेको भन्‍ने अभियोजन पक्षबाट वस्तुनिष्ठ तवरले अनुसन्धान तहकिकात हुन सकेको अवस्था देखिदैँन । वारदातको प्रकृतिलाई अभियोजन कर्ताको कुरालाई एकछिन सही मानी हेर्दा पनि तीन जनाले बन्दुक लिएको अरुले बन्चरो फाटा लाठी समेत लिएको चारैतिरबाट घेरेको रातको समय भएकोमा महमद रजाक भागी उम्कन सफल भएको मात्र होइन निज नजिकै लुकी बसी बन्दुक फायर भई बुधनको हत्या भएपछि घटनास्थलबाट मृतकको घरतर्फ लागेको भन्‍ने पुष्ट्‍याई गरिन खोजिएको देखिन्छ तापनि रजाकलाई अपराधसँग सम्बन्धित व्यक्ति भनी देखाईरहेको अवस्था र आफू विरुद्ध प्रमाण हुन सक्ने व्यक्तिलाई सामान्य तवरले लखेटी छोडी दिएको वा घेरा बन्दी तोडी निज भागी गए होलान भनी अनुमान गर्न सकिने आधार कारण अवस्था रहे भएको देखिन नआई अभियोजनको पुष्ट्याई पत्यारलायक देखिन नआउने । (प्र.नं. ४१) § अदालत समक्ष प्रस्तुत हुन आएको विवादका सम्बन्धमा न्याय सम्बन्धी अधिकार प्रयोग गरी न्याय निरोपण गर्दा नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८४ ले नेपाल अधिराज्यको न्याय सम्बन्‍धी अधिकार यो संविधान र अन्य कानून तथा न्यायका मान्य सिद्धान्त अनुसार अदालत तथा अन्य न्यायिक निकायहरुबाट प्रयोग गरिने छ भन्‍ने व्यवस्था गरेको पाइन्छ । प्रस्तुत मुद्दा फौज्दारी अभियोग सम्बन्धी भएको र व्यक्तिको वैयक्तिक सुरक्षाको लागि फौज्दारी न्यायका मान्‍य सिद्धान्तहरुलाई हाम्रो संविधानले नै सुरक्षित गरेको छ भने कतिपय सिद्धान्तहरु यस अदालतका पूर्व फैसलाहरुबाट स्वीकार हुदैँ आएको अवस्था छ । फौज्दारी अभियोग प्रमाणित हुनको लागि सो कार्य गर्ने मनसाय तयारी तथा मनसाय वा तयारीको परिणाम स्वरुप कृया भएको हुनुपर्दछ । त्यस्तो कृया शंकारहित तवरले पुष्टि भएको हुनुपर्दछ । ज्यान मार्ने कार्य भएको भन्‍ने आधारले मात्र कुनै व्यक्तिलाई आरोपित गर्नु पर्याप्त आधार हुन सक्दैन । विवादास्पद, अस्पष्ट, विरोधाभासपूर्ण प्रमाणको आधारमा कसैलाई दोषी सिद्ध गर्ने हो भने परिणामतः न्याय परेको भन्‍न मिल्दैन । विवादास्पद प्रमाणहरुलाई आधार मानी कसूरदार ठहर गर्न मिल्दैन । फौज्दारी न्यायको सिद्धान्त अनुसार बरु केही अपराधी छुटुन तर निरपराधी एउटा पनि नपरुन, शंकाको सुविधा अपराधीले पाउँछ भन्‍ने जस्ता सिद्धान्तका साथै न्यायिक स्वविवेक समेतका आधारमा उपयुक्त कार्य भएको छ भनी मान्‍न सकिदैन । अतः माथि गरिएको प्रमाणको मूल्याङ्कन सम्वद्ध कानूनी व्यवस्था तत् सम्बन्धी सर्वमान्य सिद्धान्त समेतको आधारमा विश्‍लेषण गर्दा अभियोग पक्षबाट संकलित सबूद प्रमाणहरु अस्पष्ट माग दावी खम्बिर हुने प्रकृतिको प्रमाणहरु पुग्न नसकेको स्थिति र शंकारहित तवरबाट अभियोग प्रमाणित भएको देखिन नआएकोले पुनरावेदन अदालत हेटौडाले प्रत्यर्थी प्रतिवादीहरुलाई आरोपित अभियोगबाट सफाई दिने ठहर गरेको राय सदर गरेको माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्माको राय मुनासिव ठहर्ने । (प्र.नं.४३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6883
मुद्दाको विषयकर्तव्य ज्यान ।
निर्णय वर्ष / मिति2057/02/12
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री केदारनाथ आचार्य | माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल | माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्माको राय मुनासिव ठहर्ने । | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्यको राय । | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्यको रायसँग सहमत हुन नसकेको हुँदा सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री कृष्णकुमार वर्माको रायसहितको यस अदालत संयुक्त इजलासको मिति २०५५।३।१ को फैसला । | माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्माको राय मुनासिव ठहर्छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उद्धरण सन्दर्भने.का.प. २०५७, नि.नं. 6883
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्