नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6904 · वि.सं. २०५७
नि.नं. 6904 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ छोरा कृष्ण सैजु मुख्य भै कामकाज गरेको भन्ने र निजले लिएको ऋणमा बाबु आमाको मञ्जुरी नभएको भन्ने हुँदा लेनदेन व्यवहारको ८ र ९ नं. ले बाबु आमाको नामको सम्पत्ति छोराले लिएको ऋणमा लिलाम गर्न मिल्ने नदेखिएकोले विगो भरी भराउ सम्बन्धी पाल्पा जिल्ला अदालतको सबै कारबाही वदर गरी दिएको भनी मिति २०५३।६।१८ मा भएको आदेश कानूनी त्रुटिपूर्ण हुँदा वदर गरी पाउँ भन्ने निवेदकको मुख्य जिकिर रहेको पाइन्छ । लेनदेन व्यवहारको ८ नं. मा "घरको मुख्य भै कामकाज गर्ने वा सगोलमा बसी विभिन्न ठाउँमा घर खेती व्यवहार वा अरु कुनै काम गरी बस्ने उमेर पुगेका जानकार लोग्ने मानिस वा स्वास्नी मानिस आफू बसि काम गरेको ठाउँको मुख्य ठहर्छन । त्यस्ता मुख्यले गरेको व्यवहार वा एकाघरका उमेर पुगेका अरुले गरेकोमा मुख्य जानकारको पनि सहिछाप वा लिखत भएको व्यहार मात्र गोश्वारा धनबाट चल्छ" भन्ने र ऐ.९ नं. मा "यसै महलका ८ नं. बमोजिम मुख्य भै कामकाज गरेकोमा बाहेक अरु अवस्थामा बाबु वा लोग्नेको लिखत नभै छोरा वा स्वास्नीले कुनै व्यवहार गरेको रहेछ भने बाबु वा लोग्नेको धनमा त्यस्ता छोरा वा स्वास्नीको हक नपुगे सम्म साहुले सो धनमा समाउन पाउदैन" भन्ने व्यवस्था रहेको छ । यसमा कृष्ण सैजु, भीमबहादुर सैजु र महालक्ष्मी सैजुको छोरा भई सगोलमा रहे बसेको भन्ने कुरामा विवाद नभई कृष्ण सैजुले सँग साथमा रहेर व्यापार गरी आएको भन्ने देखिँदा लेनदेन व्यवहारको ८ नं. बमोजिम मुख्य भन्न मिल्ने अवस्था देखिन आएन । लेनदेन व्यवहरको ९ नं. बमोजिम बाबु भीमबहादुर सैजुको मंजुरी वेगर कृष्ण सैजुले लिएको ऋण तिर्न भीमबहादुर सैजु र महालक्ष्मी सैजु समेत उत्तरदायी हुने भन्न मिल्ने नहुँदा निवेदक साहुले सगोलको सम्पत्तिमा कृष्ण सैजुको हक नपुग्दा सम्म निज बाबु आमाको सम्पत्तिबाट भरिभराउ गर्न पाउने भन्न उक्त कानूनी व्यवस्थाबाट नदेखिँदा पुनरावेदन अदालत बुटवलको आदेशबाट कानून विपरीत निवेदकको हकमा आघात पुर्याएको भन्न नमिल्ने । (प्र.नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6904 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2056/05/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५७, नि.नं. 6904 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
