नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6894 · वि.सं. २०५७

नि.नं. 6894 — अपुताली हक कायम ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अपुतालीको २ नं. मा मर्नेको लोग्ने, स्वास्नी, छोरा वा छोराको छोरा भएसम्म छोरीले अपुताली पाउदैन । त्यस्ता कोही नभएको छोरीले अपुताली पाउँछ भन्‍ने उल्लेख भएको र त्यसको व्याख्या ने.का.प. २०५३, नि.नं.६२६२, पृ.६९७ मा गरिए अनुसार मर्नेको भन्‍ने उल्लेख भएकोबाट मर्ने स्वयंको गर्भबाट जन्मेको छोरा भएमा मात्र छोरीको अपुताली पाउने क्रम छोरा भन्दा टाढा रहने अवस्था पर्दछ । त्यस्तो एकाउदरको छोरा नभएमा एकाउदरबाट जन्मेको छोरीले अपुताली पाउने हुन्छ । तसर्थ पुनरावेदन अदालत पोखराले वादी दावी बमोजिम मालपोत कार्यालय गोरखाको निर्णय पर्चा वदर गरी वादीको नाउँमा विवादित जग्गाको नामसारी दर्ता समेत हुने ठहर्‍याएको निर्णय मिलेकै हुँदा मनासिव ठहर्ने । (प्र.नं.१४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6894
मुद्दाको विषयअपुताली हक कायम ।
निर्णय वर्ष / मिति2056/08/02
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल
उद्धरण सन्दर्भने.का.प. २०५७, नि.नं. 6894
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्