सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ १७९ / ४४०

नि.नं. 7242वि.सं. २०६०पूर्ण इजलास

कर्तव्य ज्यान

§ तत्कालीन मध्यमान्चल क्षेत्रीय अदालतवाट फैसला भएको, सो फैसला उपर तत्काल प्रचलित न्याय प्रशासन सुधार ऐन २०३१ को दफा १३(३) (ग) ले यस अदालतमा पुनरावेदन लाग्ने व्यवस्था गरेको र सोही ऐनको व्यवस्था समेत अनुरुप पुनरावेदन दर्ता हुन आएको प्रस्तुत मुद्दामा ऐनको दफा १४(…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7241वि.सं. २०६०विशेष इजलास

उत्प्रेषण लगायत उपयुक्त आदेश जारी गरी पाउँ

§ शिक्षा ऐन, २०२८ को दफा १९(२(ख) ले विद्यार्थीलाई लाग्ने शुल्क र सो असुल गर्ने तरिकाका सम्बन्धमा श्री ५ को सरकारले नियम बनाउन सक्ने व्यवस्था गरी सो व्यवस्था अनुरुप बनेको शिक्षा नियमावली, २०४९ को नियम १०९ ले सार्वजनिक विद्यालयले मासिक पढाई शुल्क र प्रवेश वा पुन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7240वि.सं. २०६०विशेष इजलास

उत्प्रेषण परमादेश समेत

§ नेपाल अधिराज्यको संविधान २०४७ को धारा १२(२)(ङ) मा सबै नागरिकलाई कुनै पेशा, रोजगार, उद्योग र व्यापार गर्ने स्वतन्त्रता हुने प्रत्याभूति गरी सो संग सम्बन्धित प्रतिवन्धात्मक वाक्यांश खण्ड (५) मा कुनै उद्योग, व्यापार, पेशा वा रोजगार गर्नको लागि कुनै शर्त वा योग्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7239वि.सं. २०६०विशेष इजलास

उत्प्रेषण समेत

§ स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा २१५ को उपदफा (२) ले जिल्ला विकास समितिले जिल्ला विकास क्षेत्रमा तोकिएको दरमा नबढ्ने गरी जडिवुटी तथा मृत जीवजन्तुको हाड सिंग जस्ता वस्तुहरुमा कर लगाउने प्रयोजनका लागि करको दर पारित गर्न सक्ने गरी जिल्ला परिषदलाई अधिकार प्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7238वि.सं. २०६०विशेष इजलास

नेपाल अधिराज्यको संविधान, ०४७ को धारा ८८(१) वमोजिम संसद सचिवालय सम्बन्धी ऐन २०५८ को दफा ९० (३) (४) संविधानको धारा १ बमोजिम प्रारम्भ देखि नै अमान्य र वदर गरी पाउँ

§ संसद सचिवालय सम्बन्धी ऐनको प्रस्तावित मस्यौदाको सम्बन्धमा लोकसेवा आयोगको परामर्शका लागि अनुरोध भै आएकोमा आयोगवाट देहाय वमोजिमको परामर्श पठाउने गरी निर्णय भएको हुंदा निर्णयानुसार अनुरोध गरिन्छ भन्ने उल्लेख गरी सो पत्रको खण्ड ख मा ‘‘नेपाल अधिराज्यको संविधान २०…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7237वि.सं. २०६०संयुक्त इजलास

उत्प्रेषण समेत

§ श्रम ऐन, २०४८ को दफा ५३(१) ले व्यवस्था गरे वमोजिम खराव आचरण गरेको भनेको मितिले दुई महिना भित्र नैं स्पष्टिकरण माग गरिएको र सोही ऐनको दफा ५३(२) ले व्यवस्था गरे वमोजिम स्पष्टिकरण माग गरेको मितिले दुई महिना भित्र नै सजाय गरिएको देखिंदा निवेदकले कानूनको हदम्याद…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7236वि.सं. २०६०संयुक्त इजलास

उत्प्रेषण

§ नेपाल वार एशोशियसन विधान, २०४८ एवं नेपाल वार एशोशियसन विनियमावली, २०४९ नेपाल वार एशोशियसनको केन्द्रिय महाधिवेशनवाट निर्णय भई वनेको र विनियमावली, २०४९ सोही विधान अन्तर्गत वनेको दस्तावेज देखिंदा संविधानको धारा ८८(२) वमोजिम उक्त विधानलाई कानून सरह मान्न नमिल्ने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7235वि.सं. २०६०संयुक्त इजलास

उत्प्रेषण

§ फैसला बमोजिम दाखेल खारेज गर्ने सम्बन्धमा दण्ड संजायको ४४ नं मा अदालतले गरिदिएको पुर्जी बमोजिम दाखेल खारेज गर्दा जरिवाना लिई जहिले सुकै पनि दाखेल खारेज नामसारी गरिदिनु पर्छ भन्ने ब्यवस्था गरेको तथा जग्गा पजनिको २ नं. समेतले दाखेल खारेज गर्नलाई हदम्याद तोकेको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7234वि.सं. २०६०संयुक्त इजलास

कर्तव्य ज्यान

§ Post Mortem Report, लाश जाँच मुचुल्का र किटानी जाहेरी दरखास्त, नावालक साजन पांचकोटी र सरीता दर्जीको बकपत्र समेतबाट प्रतिवादीको अधिकार प्राप्त अधिकारी समक्ष भएको बयानलाई श्रृंखलाबद्ध रुपमा पुष्टी गरी रहेको देखिंदा घटनाको चस्मदित गवाह नभएकोले सजाय पाउन पर्ने ह…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7233वि.सं. २०६०संयुक्त इजलास

चोरी

§ चोरी भएको भनिएको जाहेरी दरखास्तमा उल्लेखित गरगहना र ३८ समेतका मालवस्तु यी प्रतिवादीबाट वरामद भएको नदेखिंदा प्रतिवादी वा ६ वरामद भएको भनिएको नगद र सुनको तिलहरी चोरी भएको दशी भन्ने प्रमाणित हुन नसकेको अवस्थामा यी प्रतिवादीले चोरीको सामान बांडी लिएको कुरा स्वतन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7232वि.सं. २०६०संयुक्त इजलास

उत्प्रेषण

§ समुन्द्रपार निकासी पैठारी संघको विधान २०५३ को प्रस्तावनामा नै साधारण सभाद्वारा उक्त विधानलाई लागु गर्ने निर्णय भएको देखिएको र विधान वनाउने र लागु गर्ने अधिकार नेपाल कानून वमोजिम नभै साधारण सभावाट हुने देखिदा निवेदक संघको कुनै मौलिक वा कानूनी हकको उल्लधंन भएक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7231वि.सं. २०६०संयुक्त इजलास

गर्भपतन

§ प्रतिवादी फुलमायाले आफ्नो विवाहित लोग्ने संग नवसी माइती घरमा वसि आएको अवस्थामा परपुरुष देउकुमार थापामगर संगको करणीले अवैध गर्भ वोकी जिउदो छोरी जातक जन्माई सामाजिक भय र लाजको कारणवाट मारी जुवाले खोलामा फ्याकी छोडेको देखिन आउँदा अभियोग दावी वमोजिम निजलाई ज्यान…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7230वि.सं. २०६०संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश एवँ अन्य जो चाहिने उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरी पाउँ

§ संचालक समिति पुनरावेदकीय क्षेत्राधिकार प्रयोग गरी वढुवा सम्वन्धी विषयमा निर्णय गर्न पाउने निकायको रुपमा देखिएकोले विवादित वढुवालाई सदर, वदर वा रद्द गर्न सक्ने अधिकार निहित भएको मान्नु पर्ने हुंदा संचालक समितिको निर्णय अधिकारक्षेत्रविहिन भएको मान्न सकिने स्थि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7229वि.सं. २०६०संयुक्त इजलास

लिखत दर्ता वदर दर्ता  ।

लिखत दर्ता वदर दर्ता

§ नावालकको नाउँमा दर्ता रहेको सम्पत्ति विक्रि हुँदा प्राप्त भएको रकम निजहरुको हक हितमा प्रयोग नभै सुरेश चौधरीले लगेको संरक्षकको तथाकथित भुमिका निर्वाह गर्ने चिनी देवीको प्रतिउत्तरवाट देखिइरहेकोले उक्त सम्पत्तिको व्यवहार नावालकको हकहितको वा निजहरुको शिक्षा दिक्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7228वि.सं. २०६०संयुक्त इजलास

दाखिल खारेज ।

दाखिल खारेज

§ हकसाफी गरि लिएको जग्गा वादीले नै कि.नं. १५७ मा घुसाई नापी गराई सकेको हुँदा दा.खा. हुनुपर्ने होईन भन्ने प्रतिवादीले जिकिर लिएको देखिएता पनि प्रतिवादी चिनीवहादुर श्रेष्ठले मानकाजी श्रेष्ठलाई विक्री गरेको जग्गा वादी जगतवहादुर श्रेष्ठले हकसाफी गरी लिएको जग्गा दा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7227वि.सं. २०६०संयुक्त इजलास

लेनदेन

§ पेश भएको विवादको भरपाइको अन्तिम हरफमा रहेको मितिको २०४२।५ पछि रहेको गतेको २ पछिको ७ अंक मा मसी दोहरिएको र सचिएको अवस्था देखिनुका साथै उक्त भरपाइमा उल्लेख भएको सावित्री देवीको उमेरमा लेखिएको ७ को अंक र मिति पुछारको ७ को अंकको आकृति, बनोट र लेखन शैलीमा भिन्नता…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7226वि.सं. २०६०संयुक्त इजलास

जग्गा हक कायम चलन चलाई पाउँ

§ वादीहरुवाट हक हस्तान्तरण भएको भनिएको मिति ०४२।१।१० र ०४२।६।२७ मा पारित लिखतहरुवाट विवादका जग्गाहरु मुक्तिधाम निर्माण गर्ने प्रयोजनको लागि हस्तान्तरण भएको भन्ने उल्लेखित लिखतहरुको व्यहोरावाट देखिन नआउंदा सो लिखतवाट यी वादीहरुको नामवाट हक स्वामित्व बिपक्षी शक्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7225वि.सं. २०६०संयुक्त इजलास

कर्तव्य ज्यान

§ लास जांच मुचुल्कामा घाटीमा कपडाको रस्सी वाँधिएको उल्लेख भएको र सव परीक्षण प्रतिवेदनमा डाक्टरको रायमा घाटी कसी (strangulation) मारिएको भन्ने उल्लेख हुंदा पुनरावेदिका वाहेक अरु कुनै व्यक्तिले नवजात शिशुको घांटी कसी मार्नुपर्ने स्थिति प्रमाण परिवन्धवाट देखिन नआ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7224वि.सं. २०६०संयुक्त इजलास

जग्गा खिचोला चलन

§ नक्सा मुचुल्कावाट वादीको कि.नं. २२७ को पूर्वतर्फ विभिन्न प्रतिवादीहरुको विभिन्न कित्ता जग्गाहरु रहेकोमा अन्य प्रतिवादीहरुले वादी दावी अनुसार खिचोला गरेको तथ्य प्रत्यक्ष वा परोक्ष रुपमा स्वीकार गरिरहेको अवस्थामा कि.नं. ३४६ को पश्चिमतर्फ र वादीको कि.नं. २२७ को…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7223वि.सं. २०६०विशेष इजलास

आर्थिक ऐन, २०५८ को दफा १० को अनुसूची ६ को दफा ४२(१) र ४२(३) संविधानसंग वाझिएकोले अमान्य र बदर घोषित गरी पाउँ

§ नियमित करदाताहरु बीच पनि असमान व्यवहार भएको भन्ने वा स्वयं आय घोषणाद्वारा कर तिर्नेहरु बीच पनि फरक फरक व्यवस्था गरिएको भन्ने निवेदन जिकिर नदेखिनुका साथै त्यसप्रकारको व्यवस्था गरेको देखिन नआएको र कर प्रयोजनको लागि करको दायराभित्र पर्ने व्यक्तिहरुलाई करको दायर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7222वि.सं. २०६०विशेष इजलास

उत्प्रेषण

§ यातना तथा क्रुर अमानवीय वा अपमानजक व्यवहार वा दण्ड विरुद्धको महासन्धि, १९८४ को धारा १४(१) वमोजिम उचित र पर्याप्त क्षतिपूर्ति दिईने व्यवस्था गरेकोमा ऐनको सो एक लाख रुपैयाको सिमा उपयुक्त भएन भन्ने र संविधानको प्रतिकूल भएको भन्ने जिकिरको सम्बन्धमा कति क्षतिपूर्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7221वि.सं. २०६०पूर्ण इजलास

दरपिठ आदेश वदर गरी पाँउ

§ दरपीठ सम्बन्धी कार्यविधि, आधार र कारण एकमुष्टरुपमा सबै मुद्दामा यही हुन्छ र यसै हुन्छ भनी निर्क्योल गर्ने विषय जटिल र दुरुह हुने । § दरपीठ आदेश गर्नु पूर्व न्यायिक पदाधिकारीबाट न्यायका मान्य सिद्धान्त, कानूनको व्याख्या र प्रमाणको मूल्याकंन गरी गर्नुपर्ने प्र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7220वि.सं. २०६०पूर्ण इजलास

कार्यविधिमा एकरुपता सम्बन्धी टिप्पणी आदेश

§ विशेष अदालत ऐन २०५९ को दफा ११ मा विषेश अदालतले हेर्ने वा हेरेको मुद्दामा म्याद तारेख थाम्ने सम्बन्धमा छुट्टै व्यवस्था गरिएको र त्यसमा विशेष अदालतमा परेको मुद्दामा र सो अदालतको फैसला उपर परेको पुनरावेदनमा म्याद तारेख थाम्न कावु वाहिरको परिस्थिति परेको कारण र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7219वि.सं. २०६०विशेष इजलास

उत्प्रेषण तथा परमादेश लगायत उपयुक्त आदेश जारी गरी पाउँ

§ निजामती सेवा नियमावली, २०५० को दोश्रो संशोधनद्वारा संशोधित नियम १५(२) को व्यवस्था संविधानको धारा ८८ (२) वमोजिम अमान्य वदर घोषित गरि पाउं भन्ने माग गरी प्रस्तुत रिट निवेदन परेको देखिन्छ । रिट निवेदकले अमान्य र वदर घोषित गरी पाउं भनी मांग गरेको नियमावलीको सोही…

नजिर सार पढ्नुहोस् →