नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7225 · वि.सं. २०६०

नि.नं. 7225 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ लास जांच मुचुल्कामा घाटीमा कपडाको रस्सी वाँधिएको उल्लेख भएको र सव परीक्षण प्रतिवेदनमा डाक्टरको रायमा घाटी कसी (strangulation) मारिएको भन्ने उल्लेख हुंदा पुनरावेदिका वाहेक अरु कुनै व्यक्तिले नवजात शिशुको घांटी कसी मार्नुपर्ने स्थिति प्रमाण परिवन्धवाट देखिन नआएको समेत हुंदा पुनरावेदिका प्रतिवादी भीमकला वलाललाई अभियोग दावीको कसूरदार ठहराई मुलुकी ऐन ज्यान सम्बन्धीको १३(३) नं. वमोजिम सर्वश्वसहित जन्मकैद गर्ने गरेको पुनरावेदन अदालत वुटवलको इन्साफ मनासीव ठहर्ने । § प्रतिवादी भीमकला वलाल वर्ष २२ की देखिएकी उमेर र अवस्थाले गर्दा परपुरुषको गर्भ रहन गएको र मौकैमा गर्भपतन गर्न गराउन नसकी महीना पुगेको जातक जन्मेको र लोकलज्जावाट वच्न ठहरे वमोजिमको अपराध गरेको देखिएतापनि सर्वश्वसहित जन्मकैदको सजाय अपराध अनुसारको सजाय नहुने भई चर्को पर्ने देखिएको र पुनरावेदन अदालत र शुरु अदालतले ७ बर्ष कैद सजाय गर्ने गरी राय लगाएको भएतापनि ४ बर्ष कैद सजाय गरेवाट एकातिर फौजदारी न्यायको मकसद पुरा हुने र अर्को तर्फ विवशताबस् कलिलो उमेरको मानवीय कमजोरीका कारणले सामाजिक लाजगालको स्वभाविक विवशताबाट हुन गएको अपराधको सजायवाट शेष जीवन व्यतित गर्न निज प्रतिवादी भीमकलाले त्राण पाउने देखिएकोले अ.वं. १८८ नं. वमोजिम निजलाई कैद वर्ष ४ (चार) मात्रको सजाय हुने । (प्र.नं. १७ र १८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7225
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2060/03/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुशीला सिंह सिलु
उद्धरण सन्दर्भने.का.प. २०६०, नि.नं. 7225
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्