नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7228 · वि.सं. २०६०
नि.नं. 7228 — दाखिल खारेज ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ हकसाफी गरि लिएको जग्गा वादीले नै कि.नं. १५७ मा घुसाई नापी गराई सकेको हुँदा दा.खा. हुनुपर्ने होईन भन्ने प्रतिवादीले जिकिर लिएको देखिएता पनि प्रतिवादी चिनीवहादुर श्रेष्ठले मानकाजी श्रेष्ठलाई विक्री गरेको जग्गा वादी जगतवहादुर श्रेष्ठले हकसाफी गरी लिएको जग्गा दा.खा. नामसारी गराई सकेको छ भनी प्रतिवादीले भन्न सकेको अवस्था नदेखिदा विवादित जग्गा ०३१ सालमै नापी भएको देखिएकोले ०३६।१।२३ मा हक साफी गराएको जग्गा वादीले प्राप्त गर्नु अगावै विवादित जग्गा नापीमा घुसाएको होला भनि अनुमान गर्न नमिल्ने । § मालपोत ऐन, २०३४ वमोजिम जग्गा दा.खा. नामसारी गर्न अधिकार प्राप्त निकाय मालपोत कार्यालयले सो सम्बन्धमा परेको निवेदनमा आफु कहाँ रहेको श्रेस्ता भिडाई मिसिलवाट देखिएको तथ्य निर्णयमा उल्लेख गरेको आधारले मात्र हक वेहकको स्थिति रहेको भनि मान्न नमिल्ने । § दर्ता श्रेस्ता नदेखाई वा भोग नदेखाई वेप्रमाणिक रुपवाट दावा गरेको भरले मात्र हक वेहक सम्बन्धी प्रश्न उपस्थित हुन सक्ने स्थिति नरहने । (प्र.नं. ११ र १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7228 |
|---|---|
| मुद्दाको विषय | दाखिल खारेज । |
| निर्णय वर्ष / मिति | 2060/05/25 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६०, नि.नं. 7228 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
