नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7241 · वि.सं. २०६०
नि.नं. 7241 — उत्प्रेषण लगायत उपयुक्त आदेश जारी गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ शिक्षा ऐन, २०२८ को दफा १९(२(ख) ले विद्यार्थीलाई लाग्ने शुल्क र सो असुल गर्ने तरिकाका सम्बन्धमा श्री ५ को सरकारले नियम बनाउन सक्ने व्यवस्था गरी सो व्यवस्था अनुरुप बनेको शिक्षा नियमावली, २०४९ को नियम १०९ ले सार्वजनिक विद्यालयले मासिक पढाई शुल्क र प्रवेश वा पुनः प्रवेश शुल्क उठाउन नपाइने र सो वाहेकका विद्यालय व्यवस्थापन समितिद्वारा अन्य शुल्क तोक्न पाउने गरी सार्वजनिक विद्यालयको आर्थिक अवस्था समेतलाई विचार गरी व्यवस्थापन समितिलाई शुल्क तोक्ने अधिकार प्रदान गरेको व्यवस्था संबिधान र प्रचलित कानूनको प्रतिकूल रहे भएको नदेखिने । § शिक्षालाई क्रमशः निशुल्क गर्दै जाने गरी तोकिएको राज्यको नीति अनुरुप सामुदायिक विद्यालयको प्राथमिक तहको शिक्षा निःशुल्क हुने र त्यस्तो विद्यालयमा भर्ना हुने विद्यार्थीलाई पाठ्यपुस्तक समेत निःशुल्क उपलब्ध गराउने कुराको सुनिश्चितता शिक्षा ऐन, २०२८ को संशोधित दफा १६घ. को (१) ले समेत गरेको र सोही दफाको उपदफा (२) ले सामुदायिक विद्यालयको निम्न माध्यमिक र माध्यमिक तहमा अध्ययन गर्ने गरीबीको रेखामुनी रहेका दलित, जनजाती र महीला लगायत अन्य विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्ने व्यवस्था गरिनेछ भन्ने समेत व्यवस्था गरी विद्यालयले पुनः भर्ना शुल्क र भौतिक संरचना निर्माणको लागि समेतका शीर्षकमा शुल्क लिन नपाउने बन्देजनात्मक व्यवस्था समेत गरेको पाइदा निवेदन माँग वमोजिम आदेश जारी गर्नुपर्ने अवस्था नदेखिने । (प्र.नं. १० देखि १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7241 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण लगायत उपयुक्त आदेश जारी गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2060/07/06 |
| अदालत / इजलास | विशेष इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल | माननीय न्यायाधीश श्री राम नगिना सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६०, नि.नं. 7241 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
