नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7230 · वि.सं. २०६०

नि.नं. 7230 — उत्प्रेषणयुक्त परमादेश एवँ अन्य जो चाहिने उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ संचालक समिति पुनरावेदकीय क्षेत्राधिकार प्रयोग गरी वढुवा सम्वन्धी विषयमा निर्णय गर्न पाउने निकायको रुपमा देखिएकोले विवादित वढुवालाई सदर, वदर वा रद्द गर्न सक्ने अधिकार निहित भएको मान्नु पर्ने हुंदा संचालक समितिको निर्णय अधिकारक्षेत्रविहिन भएको मान्न सकिने स्थिति नदेखिने । § वढुवाका लागि २ उम्मेदवार मात्र रहेकोमा दुवैको कार्र्य सम्पादन मूल्याङ्कन फाराममा त्रुटी भएको स्पष्ट देखिएको अवस्थामा त्यस्तो त्रुटीपूर्ण कार्र्य सम्पादन मूल्याङ्कनका आधारमा वढुवाको सिफारिश गर्न र सो उपर उजुरी सुनी सदर वा सशोधन गर्ने स्थिति नरहने । § त्रुटीपूर्ण वढुवा सम्वन्धी कारवाहीलाई मान्यता प्रदान गर्नु भन्दा सम्पूर्ण पदपूर्ति नै रद्द गर्ने गरेको संचालक समितिको ०५६।९।२९ को निर्णयलाई अन्यथा भन्न नमिल्ने हुंदा वन पैदावार विकास समितिको संचालक समितिले वढुवा सिफारिश उपर उजुरी लिई छानविन समेत गरी पदपूर्ति सम्वन्धी सम्पूर्ण काम कारवाही रद्द गर्ने गरेको निर्णय साधिकारयुक्त र कानूनसम्मत देखिने । (प्र.नं. १३ र १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7230
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेश एवँ अन्य जो चाहिने उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरी पाउँ
निर्णय वर्ष / मिति2059/12/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी
उद्धरण सन्दर्भने.का.प. २०६०, नि.नं. 7230
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्