नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7226 · वि.सं. २०६०

नि.नं. 7226 — जग्गा हक कायम चलन चलाई पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वादीहरुवाट हक हस्तान्तरण भएको भनिएको मिति ०४२।१।१० र ०४२।६।२७ मा पारित लिखतहरुवाट विवादका जग्गाहरु मुक्तिधाम निर्माण गर्ने प्रयोजनको लागि हस्तान्तरण भएको भन्ने उल्लेखित लिखतहरुको व्यहोरावाट देखिन नआउंदा सो लिखतवाट यी वादीहरुको नामवाट हक स्वामित्व बिपक्षी शक्तिमाता भन्ने लिलादेवी खरालको नाममा हस्तान्तरण भै गएको कुरालाई अन्यथा भन्न सकिने स्थिति नदेखिने । § जुन लिखतवाट प्रत्यर्थी प्रतिवादी शक्तिमाता भत्रे लिलादेवीले विवादित जग्गामा हक प्राप्त गरेको हो सो लिखतहरुवाट वादीले दावी गरे जस्तो मुक्तिधाम निर्माण नगरे ती जग्गाहरु वादीहरुकै नाउंमा फिर्ता हुने भत्रे शर्त उल्लेख गरेको अवस्था नदेखिनुका साथै हक अधिकारमा असर पर्ने व्यक्तिको अनुपस्थितिमा अरु व्यक्तिका वीच भएको भनिएको शर्त वन्देजको ०४३।२।२९ को घरायसी कागजको व्यहोरावाट रीतपूर्वक प्राप्त भएको अचल सम्पत्ति फिर्ता हुन्छ भत्रु रजिष्ट्रेशनको १ नं. समेतले नमिल्ने र न्यायोचित नहुने । (प्र.नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7226
मुद्दाको विषयजग्गा हक कायम चलन चलाई पाउँ
निर्णय वर्ष / मिति2059/12/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री खिलराज रेग्मी
उद्धरण सन्दर्भने.का.प. २०६०, नि.नं. 7226
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्