नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7227 · वि.सं. २०६०
नि.नं. 7227 — लेनदेन
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ पेश भएको विवादको भरपाइको अन्तिम हरफमा रहेको मितिको २०४२।५ पछि रहेको गतेको २ पछिको ७ अंक मा मसी दोहरिएको र सचिएको अवस्था देखिनुका साथै उक्त भरपाइमा उल्लेख भएको सावित्री देवीको उमेरमा लेखिएको ७ को अंक र मिति पुछारको ७ को अंकको आकृति, बनोट र लेखन शैलीमा भिन्नता देखिएको स्थिति पनि रहेको देखिदा विवादको भरपाइ लिखत जांच गर्ने रेखा तथा लेखा विशेषज्ञवाट लिखत जांच गरी ०५८।६।११ गतेको २७ अंक मध्ये ७ अंक पहिले निलो मसी द्वारा लेखिएको ‘०‘ (शुन्य) को अंक माथिवाट कालो मसीको कलमद्वारा दोहोरो कलम चलाई ७ अंक लेखिएको भन्ने राय दिएको र प्रमाण ऐन, २०३१ वमोजिम सोको परीक्षण समेत भएको अवस्थामा भरपाइलाई सद्दे साँचो भन्न मिल्ने स्थिति नदेखिदा पुनरावेदन अदालतको फैसलामा परिवर्तन गर्नुपर्ने अवस्था देखिन नआउने । (प्र.नं. १९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7227 |
|---|---|
| मुद्दाको विषय | लेनदेन |
| निर्णय वर्ष / मिति | 2059/12/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री खिलराज रेग्मी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६०, नि.नं. 7227 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
